१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

शिक्षामन्त्री भट्टराई चार दिनदेखि अस्पतालमा भर्ना, क्षयरोगको आशंका



काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि चार दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी छन् । घाँटीमा समस्या देखिएकाले भट्टराई चार दिनदेखि अस्पतालमा उपचाररत रहेको उनको सचिवालयले जनाएको छ । भट्टराईलाई क्षयरोग भएको आशंका गरिएको छ ।

मन्त्री भट्टराईको उपचारमा संलग्न चिकित्सकका अनुसार क्षयरोगको आशंकामा थप परीक्षण भइरहेको छ । मंगलबार बिहान स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पताल पुगेर मन्त्री भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि भट्टराई केही दिनयता सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  १२ : ०२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले