११ भदौ २०८३, बिहिबार | August 27, 2026

मुख्यमन्त्रीरा विपश्यना ध्यान केन्द्रको अवलोकन, ‘ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्ने’



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले घोराही उपमहानगरपालिका-१३ मा रहेको विपश्यना ध्यान केन्द्रको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले विपश्यना ध्यानले मानसिक तथा शारीरिक स्वास्थ्य प्रवर्द्धनमा अतुलनीय योगदान पुर्‍याएको बताए । ध्यान र साधनाले मानिसलाई स्वस्थ जीवनशैली अपनाउन मद्दत गर्ने उनको धारणा थियो ।

केन्द्रमा प्रत्येक महिनामा एउटा १० दिवसीय शिविर, पुराना साधकरसाधिकाका लागि एकदिवसीय शिविर, र बालबालिकाका लागि छुट्टै एकदिवसीय शिविर सञ्चालन हुँदै आएको छ । आगामी वर्षमा थप शिविर सञ्चालन गर्ने योजना रहेको शिविर केन्द्रका अध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

हालसम्म केन्द्रले ३३ वटा १० दिवसीय शिविर, एकदिवसीय शिविर, बाल शिविरहरू, तथा विभिन्न संघसंस्था र विद्यालयहरूमा लघु आनापान ध्यान कार्यक्रम सञ्चालन गरी एक हजारभन्दा बढी व्यक्तिलाई लाभान्वित गरिसकेको केन्द्रले जनाएको छ । आगामी वर्षहरूमा थप शिविर सञ्चालन गरी धेरैभन्दा धेरै मानिसलाई सहभागी गराउने केन्द्रको लक्ष्य रहेको छ ।

विश्वभर विपश्यना ध्यान शिविरहरू निःशुल्क सञ्चालन गरिन्छन् । सहभागी साधकरसाधिकाहरूबाट कुनै शुल्क लिइँदैन । शिविर पूरा गरेका साधकरसाधिकाहरूबाट प्राप्त स्वेच्छिक दानबाट केन्द्र सञ्चालन हुँदै आएको छ ।

दाङ विपश्यना केन्द्र धम्मपरागको स्थापना र सञ्चालनमा लुम्बिनी प्रदेश सरकारको योगदान रहेको छ । ध्यान केन्द्रको थप विकासका लागि आवश्यक बजेट प्रदेश सरकारबाट विनियोजन गराउन आग्रह गरिएको छ । मुख्यमन्त्री सहित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा, प्रदेश सभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी लगायतले ध्यान केन्द्रको अवलोकन गरेका थिए । यो केन्द्र सामाजिक अगुवा नारायणप्रसाद शर्माको पहलमा स्थापना भएको हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  २ : ३४ बजे

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका