१४ असार २०८३, आइतबार | June 28, 2026

महाशिवरात्रि : होटल पौवाका १७ वटै शाखा शिव भजनमय



बुटवल । नेपाली संस्कृति र परम्परा संरक्षणका लागि भन्दै हरेक चाडपर्वमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको होटल पौवाका १७ वटै शाखामा आज शिव पूजन तथा शिव भजन कार्यक्रम संचालन गरिएको छ । महाशिवरात्रीको अवसर पारेर होटल पौवाले आफ्ना ग्राहक र शुभचिन्तकहरुलाई शिव प्रसाद वितरणसहित भजन उत्सव संचालन गरेको हो ।

‘यस वर्षको शिवरात्री पौवासँग मनाऔं संगसँगै नाचौं, सँगसँगै खाऔं’ भन्ने मूल नाराका साथ पौवाका १७ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख बिष्णु भण्डारीले बताए । परम्परा अनुसारको शिव प्रसाद निःशुल्क वितरण गरिनुका साथै संगीतमय भजन टोलिले शिवरात्रीका दिन साझ ६ बजेदेखि हरिकृतन गरेको भण्डारीले बताए ।

बुटवलको योगीकुटीमा रहेको पौवाको ब्रान्चमा महाशिवरात्रीमा ५ सय बढीले प्रसाद ग्रहण गर्नुका साथै हरिकृतनमा सहभागी भएको बुटवल ब्रान्चका म्यानेजर प्रकाश पाठकले बताए । नेपाली परिकार र नेपाली सत्कारलाई प्राथमिकता दिँदै आएको होटल पौवाले गतवर्ष पनि महाशिवरात्री विशेष शिवपूजन र हरिकृतन लगायतका कार्यक्रम आयोजना गरेको थियो ।

पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा भण्डारीले बताए । नेपालमा रहेका बिभिन्न जाती र समुदायको पर्वहरुलाई पौवाले उत्सव बनाइरहेको उल्लेख गर्दै उनले आगामी दिनहरुमा बिभिन्न धर्म र सम्प्रदायको पर्वहरुमा समेत पौवाले कार्यक्रम गर्ने जानकारी दिए ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १७ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी पौवाले बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी प्रारम्भीक सेवा संचालन गरि रहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ०७ बजे

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट

कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)

प्रतिगमनविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्ति एक हुनुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले