३ पुस २०८२, बिहिबार | December 18, 2025

बुटवलमा शनिबार राप्रपाले आमसभा गर्दै, अध्यक्ष लिङ्देनले सम्बोधन गर्ने



बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार बुटवलमा आमसभा गर्ने भएको छ । ‘अवस्था बदल्न व्यवस्था बद्लौं’ भन्ने नाराका साथ राप्रपा लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवलमा आमसभा हुन लागेको हो ।

बिहीबार आमसभाबारे जानकारी दिन बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले सातवटै प्रदेशमा पार्टीले आयोजना गर्ने कार्यक्रम अन्तर्गत शनिबार जनजागरणको रूपमा सभा गर्न लागिएको जानकारी दिए । उनका अनुसार सभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान, महामन्त्री धवल शमसेर राणा, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन ।

ट्राफिकचोकमा गरिने सभामा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट पार्टीका नेता-कार्यकर्ता तथा आम नागरिकको सहभागीता हुने पार्टीले जनाएको छ । आमसभा शनिबार दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।

आमसभा पूर्व बुटवलको बसपार्क र आँखा अस्पतालबाट र्‍याली निकालिने छ । बसपार्कबाट निकालिने र्यालीको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षद्वय विक्रम पाण्डे, ध्रवबहादुर प्रधान र केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाले नेतृत्व गर्नेछन् भने लायन्स आँखा अस्पतालबाट निकालिने र्‍यालीको नेतृत्व महामन्त्री धवल शमसेर राणा र प्रवक्ता ज्ञानेन्द्र शाहीले गर्नेछन् ।

देशमा वर्तमान अवस्थामा व्याप्त विसंगति, विकृति, भ्रष्टाचारको बारेमा तथा राप्रपाको भावी कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले आमसभाको आयोजना गरिएको अध्यक्ष उदयले बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ६ : १४ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय