नेपालगन्ज । समाजमा बहुमूल्य मानिएको श्रीखण्ड प्रजातीको बिरुवा डिभिजन वन कार्यालय, बाँकेले निशुल्क बाँड्ने भएको छ । डिभिजन वनले आज पत्रकारसंग अन्तरक्रिया तथा अवलोकन भ्रमणका क्रममा बोल्दै डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले आगामी वर्ष श्रीखण्डको बिरुवा निशुल्क वितरण गर्ने जानकारी दिएका हुन् ।
एक किलोको तीन हजार बढी मूल्य पर्ने श्रीखण्डको बिरुवा निशुल्क बाँड्ने तयारी गरिएको वन अधिकृत गुप्ताले बताए । उनले आगामी वर्षका लागि १८ हजार श्रीखण्डको बिरुवा बाँड्ने तयारी गरिएको बताए ।
गुप्ताले बहुमूल्य श्रीखण्डको बिरुवा राष्ट्रिय वनमा लगाउन सम्भव नदेखिएको उल्लेख गर्दै सामुदायिक वन र निजी वनमा लगाउदा स्याहार पुर्याउन सकिने स्पष्ट पारे । विरुवा लगाएको २० वर्षमा श्रीखण्डको रुखले राम्रो आम्दानी दिने वन सम्बद्वहरुले बताउँछन् ।
अधिकृत गुप्ताले जिल्लाको चक्ला वन, सामुदायिक वन, धार्मिक वनको अवस्था, वन सम्वर्द्वनमा आधारित वन व्यवस्थापनका बारेमा जानकारी दिएका थिए ।


















प्रतिक्रिया