१ चैत्र २०८२, आइतबार | March 15, 2026

बाँकेमा सामुदायिक र निजी वनमा लगाउने गरि १८ हजार श्रीखण्डको विरुवा बाँडिदै



नेपालगन्ज । समाजमा बहुमूल्य मानिएको श्रीखण्ड प्रजातीको बिरुवा डिभिजन वन कार्यालय, बाँकेले निशुल्क बाँड्ने भएको छ । डिभिजन वनले आज पत्रकारसंग अन्तरक्रिया तथा अवलोकन भ्रमणका क्रममा बोल्दै डिभिजन वन कार्यालय बाँकेका सिनियर डिभिजन वन अधिकृत शंकरप्रसाद गुप्ताले आगामी वर्ष श्रीखण्डको बिरुवा निशुल्क वितरण गर्ने जानकारी दिएका हुन् ।

एक किलोको तीन हजार बढी मूल्य पर्ने श्रीखण्डको बिरुवा निशुल्क बाँड्ने तयारी गरिएको वन अधिकृत गुप्ताले बताए । उनले आगामी वर्षका लागि १८ हजार श्रीखण्डको बिरुवा बाँड्ने तयारी गरिएको बताए ।

गुप्ताले बहुमूल्य श्रीखण्डको बिरुवा राष्ट्रिय वनमा लगाउन सम्भव नदेखिएको उल्लेख गर्दै सामुदायिक वन र निजी वनमा लगाउदा स्याहार पुर्याउन सकिने स्पष्ट पारे । विरुवा लगाएको २० वर्षमा श्रीखण्डको रुखले राम्रो आम्दानी दिने वन सम्बद्वहरुले बताउँछन् ।

अधिकृत गुप्ताले जिल्लाको चक्ला वन, सामुदायिक वन, धार्मिक वनको अवस्था, वन सम्वर्द्वनमा आधारित वन व्यवस्थापनका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १० : २० बजे

पुराना दलले पनि आत्तिनु पर्दैन, नयाँले मात्तिनु पर्दैनः प्रधानमन्त्री कार्की

काठमाडौँ । मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री

रास्वपाद्वारा समानुपातिक सांसदको नाम सिफारिस

काठमाडौँ । फागुन २१ को निर्वाचनबाट सर्वाधिक मत ल्याएर संरुसदमा

आठ महिनाको विकास खर्च १९ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर

पाल्पामा सवारी दुर्घटना, बुटवल सुख्खानगर बस्ने मगरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका