२२ चैत्र २०८२, आइतबार | April 6, 2026

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुभारम्भ



काठमाडौँ । नेपाली सैनिक वार कलेज, नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट  तालिम सुरु भएको छ ।

बलाध्यक्ष रथी प्रदीप जंग केसीले एक कार्यक्रमका बीच तालिमको शुभारम्भ गरे । सो अवरसमा बोल्दै बलाध्यक्ष रथी केसीले तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे । कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला(२ र पुरुष(३३) को सहभागिता रहेको यस तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित भएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ६ : २१ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको