२२ चैत्र २०८२, आइतबार | April 6, 2026

‘बुद्धका उपदेशलाई आत्मसात् गरी शान्ति र सहअस्तित्वको भावना फैलाऊ’



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भगवान् गौतम बुद्धका उपदेशलाई आत्मसात् गरी शान्ति, करुणा र सहअस्तित्वको भावना फैलाउन सबैलाई आग्रह गरेका छन् ।

अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा लुम्बिनीमा सम्पन्न त्रिपिटक पाठ समारोहलाई आज सम्बोधन गर्दै उनले बुद्ध शिक्षाले विश्वलाई शान्ति र सहिष्णुताको मार्गमा अघि बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई विश्वभर चिनाउन यस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू महत्त्वपूर्ण हुने धारणा राखे । “भगवान् बुद्धका उपदेश सुन्नु, तिनलाई हृदयङ्गम गर्नु र जीवनशैलीमा आत्मसात् गर्नु नै साँचो अर्थमा पुण्यको कार्य हो,” उनले भने ।

उनले त्रिपिटक पाठ समारोह सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्ने अखिल नेपाल भिक्षु महासङ्घलगायत सम्पूर्ण आयोजकहरूलाई धन्यवाद ज्ञापन गर्दै बुद्ध जन्मभूमि लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा सबैको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

मुख्यमन्त्री आचार्यले भगवान् बुद्धका सत्य वचन लुम्बिनीबाट संसारभर फैलियोस् भन्ने शुभेच्छा व्यक्त गर्दै नेपाललाई अन्तरराष्ट्रियस्तरमा अझ चिनाउन यस्ता पहलहरू आवश्यक रहेको धारणा राखे । “आजको विश्वलाई शान्ति, सहिष्णुता र अहिंसाको मार्गमा अघि बढाउने दिशामा बुद्ध शिक्षाले विशेष योगदान दिन सक्छ”, उनले भने, “बुद्ध धर्मको मूल सन्देश करुणा, प्रेम र शान्तिमा आधारित भएकाले यस त्रिपिटक पाठ समारोहको माध्यमबाट विश्वभर शान्तिको सन्देश फैलियोस् भन्ने कामना गर्दछु ।”

त्रिपिटक पाठ समारोहले लुम्बिनीको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पु¥याएको मुख्यमन्त्री आचार्यले उल्लेख गरे । “लुम्बिनी नेपालकै गौरवको प्रतीक हो । यसको संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्नु हामी सबैको जिम्मेवारी हो,” उनले भने, “त्रिपिटक पाठजस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिहरू निरन्तर सञ्चालन गर्न सकियो भने यसले लुम्बिनीलाई विश्वभर चिनाउने मात्र होइन, समृद्ध नेपाल बनाउने अभियानमा पनि टेवा पुग्नेछ ।”
(((

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : १२ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको