२१ असार २०८३, आइतबार | July 6, 2026

प्रधानमन्त्री कप पुरुष क्रिकेट आजदेखि सुरु, सबै खेल लुम्बिनी प्रदेशमा हुने



बुटवल । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । आजदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुँदै छन् ।

पीएम कपका खेलहरू सिद्धार्थ रङ्गशाला, भैरहवा, एक्स्ट्राटेक ओभल, तिलोत्तमा र देउखुरी क्रिकेट स्टेडियम, दाङमा हुने छन् । प्रतियोगिताको पहिलो दिन आज सिद्धार्थ रङ्गशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश खेल्दै छन् । यसैगरी एक्स्ट्राटेक ओभलमा बागमती प्रदेश र एपीएफ क्लब तथा देउखुरी क्रिकेट स्टेडियममा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।

खेलहरू सिङ्गल राउन्ड रोबिनका आधारमा खेलाइनेछ । लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । पीएम कपको उपाधि अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले तीन पटक तथा एपीएफ र त्रिभुवन आर्मीले दुई-दुई पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ८ : ०१ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ