१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

राजावादीहरु विमानस्थल बाहिर भेला हुने क्रम शुरु, सुरक्षा व्यवस्था कडा



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरु पुग्नेक्रम शुरु भएको छ ।  विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरुले नाराबाजी शुरु गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौँमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरु विमानस्थल बाहिर भेला भएका हुन् ।

पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि विमानस्थल जाने भएका छन् । त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले नागरिकहरुलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले