११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

पूर्वराजा शाह काठमाडौंमा, र्‍यालीसहित निर्मल निवासतिर राजवादीको भिड



काठमाडौं । एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौं आइपुगेका छन् । गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एयरको चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।

उनी काठमाडौं आउने भएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा पुगेका छन् । अहिले पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएका छन् । उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित जम्मा भइसकेका छन् । उनलाई अब राजावादीहरूले निर्मल निवास लैजाँदैछन् ।

पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।

उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुगेका छन् ।

पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्‍यालीसहित निर्मल निवास हिँडेका छन् । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्दै अघि बढेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : ४० बजे

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौँ । यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन्

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो