१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

पूर्वराजा शाह काठमाडौंमा, र्‍यालीसहित निर्मल निवासतिर राजवादीको भिड



काठमाडौं । एक महिना लामो बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आइतबार काठमाडौं आइपुगेका छन् । गत माघ २७ गते पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह समिट एयरको चार्टर्ड जहाजबाट दिउँसो ३ बजेर २० मिनेटमा काठमाडौं फर्किएका हुन् ।

उनी काठमाडौं आउने भएपछि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा पुगेका छन् । अहिले पूर्वराजा शाह विमानस्थलबाट बाहिरिएका छन् । उनको स्वागतमा सयौँ राजावादीहरू नारा जुलुससहित जम्मा भइसकेका छन् । उनलाई अब राजावादीहरूले निर्मल निवास लैजाँदैछन् ।

पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको छ ।

उनलाई काठमाडौंमा पञ्जेबाजासहित विशेष रूपमा स्वागत गरिने तयारी छ। अहिले उनको स्वागतका लागि सयौँ राजावादीहरू विमानस्थल क्षेत्रमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न पुगेका छन् ।

पोखराबाट पूर्वराजा आइसेपछि काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्‍यालीसहित निर्मल निवास हिँडेका छन् । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्दै अघि बढेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ४ : ४० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले