२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात



बुटवल । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु भएकको छ । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा एकैपटक आइतबार प्रतियोगिताका खेलहरु सुरु भएका हुन् ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा लुम्बिनी प्रदेशको क्रिकेट टिमले विजयी सुरुवात गरेको छ । यस्तै, रुपन्देहीकै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा नेपाल एपीएफ क्लब र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । लुम्बिनीका अजय चौहानले महत्वपूर्ण ५ विकेट लिएपछि लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गर्यो । लुम्बिनीले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको कोशी ४२ ओभर ४ बलमा १ सय ८२ रन बनाउँदा अलआउट भयो ।

कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन जोडे । ओपनर चिराग साह ३१, सुवान गहतराज २९, साकिब हक २७ तथा कप्तान अंकित सुवेदी १८ रनमा आउट भए । लुम्बिनीका लागि अजय चौहानले ८ ओभर ४ बलमा ३२ रन खर्चिएर ५ विकेट लिए । रमेश कुर्मीले ३ तथा देव खनाल र कृष्ण कार्कीले समान १–१ विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ ओभरमा अलआउट हुँदै २ सय ८ रन बनाएको थियो । लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ६६, नर सार्कीले ४५ तथा मिर्नाल गुरुङले ४३ रनको योगदान गरे । कोशीका लागि प्रकाश कार्की र दिपेश कंडेलले समान ३–३ तथा फिद्रोश अन्सारीले २ विकेट लिए । खेलमा लुम्बिनीका अजय चौहान प्लेयर अफ द म्याच बने ।

यस्तै, रुपन्देहीको एक्स्ट्राटेक ओभलमा भएको अर्को खेलमा तीव्रगतिका बलर कमलसिंह ऐरीले ४ विकेट लिए पछि नेपाल एपिएफ क्लबले जित निकालेको छ । एपिएफले बागमती प्रदेशलाई १ सय रनले पराजित गरेको हो । १ सय ७५ रनको लक्ष्य पछ्याएको बागमती २८ ओभर २ बलमा सबै विकेट गुमाएर ७४ रनमा समेटियो । बागमतीका लागि शुभ कसांकार १६ रन बनाउनु बाहेकका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपिएफका लागि कमलसिंह ऐरीले ८ ओभर २ बलमा २७ रन खर्चिएर महत्वपूर्ण ४ विकेट लिए । कप्तान रोहितकुमार पौडेल र अमरसिंह राउटेलाले समान २-२ तथा अभिनाष बोहोराले १ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४४ ओभरमा १ सय ७४ रन बनाउनँदा अलआउट भयो । उसका लागि सन्दीप जोराले ६२ बलको सामना गर्दै २ चौकाको सहयोगमा सर्वाधिक ३७ रन जोडे । दीपक बोहरा २५ तथा कमलसिंहले १५ रनमा बनाउँदा प्भेलिएन फर्किए भने अमरसिंह २६ रनमा नटआउट रहे । बागमतीका लागि रिजन ढकालले ८ ओभरमा ३० रन खर्चिएर ५, नन्दन यादवले ३ र सूर्य तामाङले २ विकेट लिए । खेलमा कमलसिंह ऐरी प्लेयर अफ द म्याच भए ।

यस्तै, दीपेन्द्र रावतको ७ विकेटको मद्दतमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले सुदूरपश्चिममाथि ७९ रनको जित हासिल गरेको हो । कर्णालीले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमै समेटियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक २७ तथा किरण ठगुन्ना १३ रनमा आउट हुँदा शेर मल्ल भने १३ रनमा नटआउट रहे । कर्णालीका दीपेन्द्र रावतले ९ ओभरमा ३३ रन खर्चिएर ७ विकेट लिए । कप्तान दिवान पुनले २ विकेट हात पारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णाली ४० ओभर ४ बलमा १ सय ५५ रनमा अलआउट भयो । कर्णालीका लागि अर्जुन घर्तीले ९४ बलमा ३ चौका र ३ छक्काको मद्धतमा सर्वाधिक ७१ रन जोडे । यस्तै, दिनेश अधिकारीले १७ तथा कप्तान दिवानले १२ रन बनाए । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४, नारायण जोशीले २ तथा शेर मल्ल, भोजराज भट्ट र मिलन बोहोराले समान १ विकेट लिए । दीपेन्द्र प्लेयर अफ द म्याच भए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : १७ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक