९ माघ २०८२, शुक्रबार | January 23, 2026

चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापना हुने सुस्पष्ट संकेत गरेको राप्रपा नेपालको ठहर



काठमाडौं । राप्रपा नेपालले २५ गतेको जनप्रदर्शनले अब चाँडै नै हिन्दुराष्ट्र र राजसंस्था पुनस्स्थापना हुने सुस्पष्ट संकेत गरेको ठहर गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना भएको उल्लेख गरेको छ ।

बैठकले  देशलाई संकटबाट मुक्त तुल्याउन राजाबाट सहयोगको निम्ति गरिएको आह्वानलाई जनप्रदर्शनबाट जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ । फागुन २५ गते काठमाडौंमा देखापरेको वृहत जनप्रदर्शन ज्वलन्त र जीवन्त उदाहरण भएको राप्रपा नेपालको ठहर छ ।

पार्टीका महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाद्वारा जारी बिज्ञप्तिमा जनताको यो आवाज, चाहना र समयको मागलाई सम्बोधन गर्दै शान्तिपूर्ण ढङ्गबाट निकास खोज्ने जिम्मेवारी प्रमुख राजनीतिक दलहरुको काँधमा आएको जनाइएको छ । विज्ञप्तिमा जनताले यथास्थितिमा परिवर्तन खोजेको तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचारको अन्त्य र देशभित्रै रोजगारीको सिर्जना जनताको चाहाना भएको समेत जनाईएको छ ।

सर्वपक्षीय सहमतिको आधारमा सबै बिचार र शक्तिहरू अटाउने मौलिक प्रजातान्त्रिक प्रणाली स्थापना गर्न अब ढिलो गर्नु नहुने भन्दै पार्टीले  जनताको चाहाना र भावनालाई दमन गर्ने, वा उपेक्षा गर्ने प्रयास गरिएमा परिस्थिति नियन्त्रण भन्दा बाहिर गई  अप्रिय दुर्घटना हुने समेत जनाईएको छ ।

‘यसतर्फ सचेत रहन सबै राजनीतिक दलहरुलाई राप्रपा नेपाल आग्रह गर्दछ’ बिज्ञप्तिमा भनिएको छ । जनताले चाहेको परिवर्तनको चाहनालाई संस्थागत गर्न तथा हिन्दुराष्ट्र र राजसंस्था पुनस् स्थापनाको पक्षमा अहिले देखापरेको जनउत्साहलाई निष्कर्षमा पुर्‍याउन सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी, प्रजातन्त्रवादी र देशभक्त शक्तिहरू यथासम्भव चाँडो एकतावद्ध हुन र संयुक्त मोर्चा निर्माण गर्न राप्रपा नेपालले आह्वान गरेको छ ।

अब केही समयका लागि एक्ला एक्लै आन्दोलन गर्ने मनस्थिति परित्याग गर्न समेत पार्टीले बिज्ञीति मार्फत अनुरोध गरेको छ । यसै गरि  फागुन २५ गते काठमाडौंमा राजाको स्वागत तथा हिन्दुराष्ट्र र राजसंस्था पुनस् स्थापनाको पक्षमा एक्यवद्धता प्रकट गर्न स्फूर्तरुपले उपस्थित जनसमुदायमा राप्रपा नेपालले आभार प्रकट गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ५५ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी