७ बैशाख २०८३, सोमबार | April 20, 2026

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी



भैरहवा । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आर्मी क्लबले बागमती प्रदेशलाई फराकिलो रन अन्तरले विजयी भएको छ । आर्मीले बागमतीलाई १३४ रनले पराजित गरेको हो ।

रुपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ गरेको आर्मी क्लबले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६२ रन बनायो । २६३ रनको लक्ष्य पछ्याएको बागमती पदेश २७ ओभरमा १२८ रनमा समेटियो । आर्मीका लागि सन्तोष कार्कीले अद्र्धशतकीय पारी खेले । उनले ९८ बलको सामना गर्दै १० चौका र एक छक्का हान्दै ७६ रन बनाए ।

यस्तै विनोद भण्डारीले ५० बल खेल्ने क्रममा ५ चौका प्रहार गरी अविजित ४७ रन बनाए । तिर्तराज दासले ३६, विवेक यादवले ३० र कुशल मल्लले २६ रन बनाए ।

बलिङतर्फ बागमती प्रदेशका लागि प्रतिश जिसी, राजन ढकाल र ईशान पाण्डेले दुई दुई तथा सोनु देवकोटाले एक विकेट लिए ।

बागमती प्रदेशका लागि ब्याटिङ गर्ने क्रममा विवेक मगरले अद्र्धशतकीय पारी खेले । उनले ५० बलको सामना गर्दै ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । यस्तै इशान पाण्डेले १९ र आषुतोष घिरैयाले १० रन बनाए । बलिङतर्फ आर्मीका लागि साहव आलमले चार तथा आकाश चन्दले तीन विकेट लिए । बागमतीले लगातार दोस्रो खेलमा हार बेहोरेको हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ०७ बजे

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम