१८ आश्विन २०८३, आइतबार | October 5, 2026

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर



काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो ।

युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनाएको थियो ।

नेपालका लागि कबिता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको युगाण्डाले २० ओभरमा ५ विकेट गुमाउदै ९१ रन बनाएको थियो ।

युगाण्डाका लागि रिताह मुसमालीले सर्बाधिक ३८ र एसथर इलोकुले २२ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर रिया श्रेष्ठले २ विकेट लिएकी थिइन् भने इश्वरी विष्ट, पुजा महतो र रुबिना क्षेत्रीले एक एक विकेट लिएका थिए ।

यो हारसँगै नेपालको फाइनलको सम्भावना समाप्त भएको छ । नेपालले ५ खेलमा ४ हार र एक जित हासिल गरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ८ : १० बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय