५ भदौ २०८३, शुक्रबार | August 22, 2026

बालसुधार गृह झडपमा घाइतेको संख्या ३६ पुग्यो, भवन ध्वस्त भएपछि उद्दार गरिएका बालबन्दी खुल्ला चौरमा



काठमाडौँ । बाँकेको डुडुवामा रहेको जयन्दु बालसुधार गृहमा भएको झडपबाट घाइते हुनेहरुको संख्या ३६ पुगेको छ । ष्रातीबाट भएको झडप र आगजनीबाट घाइतेभएकाहरुको भेरी अस्पताल नेपालगन्ज र नर्सिङहोममा उपचार भइरहेको छ ।

आगजनीबाट सुधार गृहको भवन ध्वस्त भएको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए । झढप भएको झण्डे १५ घण्टा पनि स्थिती नियन्त्रणमा आएको उनले बताए । स्थिती नियन्त्रणमा आएपनि बालुसुधार गृहबाट उद्दार गरिएका बालबन्दीहरुलाई आज राख्ने स्थानको समस्या देखिएको छ । २ सय ५५ जना बालबन्दी रहेको सुधारगृहमा झढपबाट घाइते भएका ३६ जनाको उपचार भइरहेपनि बाँकी रहेका बालबन्दीलाई राख्ने चुनौती आएको प्रजिअ जोशीले बताए ।

लगातारको प्रयास र आग्रहलाई बालबन्दीहरुले अटेर गरेपछि प्रहरीले हल्का बल प्रयोग गरेर भित्र प्रवेश गरेको थियो । बालबन्दीहरुले नै गरेको आगजनीबाट भवन ध्वस्त भएपछि उनीहरुलाई अस्थायीरुपमा राख्ने स्थानको चुनौती आएको जोशीले बताए ।

प्रहरीले उद्दार गरिएका बालबन्दीको गणना सुरु गरेको र केही भागेको हुन सक्ने पनि प्रजिअ जोशीले बताए । बाल सुधार गृहमा २ सय ५५ बालबन्दी रहेका छन् । केही दिन अघिमात्रै तीन जना प्रहरीलाई कुटेका थिए । यसअघि झडप गरिरहनेहरुलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो ।

पछिल्लो समय बाल सुधार गृह प्रशासनका लागि सुरक्षा चुनौती बनिरहेको छ । प्रहरीले बल प्रयोग गर्न नमिल्ने र भित्र रहेकाहरु आपसमा लडिरहने प्रचलन जस्तै बनेको एक प्रहरी अधिकारीले बतार्ए । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा १८ वर्ष माथिकाहरुलाई पनि मुद्दा किनारा नलाग्दा सम्म भन्दै बसाउँदा सधै लफडा हुने गरेको जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ४ : ०२ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको