७ बैशाख २०८३, सोमबार | April 20, 2026

पीएम कप : कोशीमाथि आर्मी र मधेशमाथि पुलिसको प्रभावशाली जित



भैरहवा । प्रधानमन्त्री (पीएम कप) पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ७ विकेटले हराएको हो ।

२ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नटआउट रहँदै सर्वाधिक १ सय १२ रन जोडे । यस्तै, बसिर अहम्मदले अविजित ६१ र विनोद भण्डारी २७ रन बनाए । कोशीका लागि प्रकाश कार्की, सन्दीप ढुगांना र भुपाल लुईंटेलले समान १-१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै कोशीले ४९.३ ओभरमा २ सय ३० रन बनाएको थियो । कोशीका लागि सुभान गहतराजले सर्वाधिक ५१ रन जोडे ।

यस्तै, सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन जोडे । आर्मीका लागि सोमपाल कामीले ४, शाहब आलम र आकाश चन्दले समान २-२ तथा कुशल मल्लले १ विकेट लिए । आर्मी खेलेका ४ खेलमा अपराजित रहँदै ८ अंकमा रहेको छ । खेलेका सबै चारै खेलमा पराजित कोशी अंकतालिकाको पुछारमा छ ।

यस्तै, शनिबारै दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता नेपाल पुलिस क्लबले आफ्नो जितको यात्रालाई निरन्तरता दियो । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले मधेश प्रदेशलाई १ सय ९३ रनले हरायो । टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ६३, आरिफ शेखले ५५, अर्जुन साउदले ४७, दीलिप नाथले ४५ र शंकर रानाले २७ रन बनाए । मधेशका रुपेश सिंहले ४, विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए । २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो ।

मधेशका लागि दिपेश दासले सर्वाधिक ३१ र रुपेश सिंहले १६ रन बनाए । पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए । जितसँगै पुलिस अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पराजित मधेशको ३ खेलमा २ अंक छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ५ : ५८ बजे

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको