२२ चैत्र २०८२, आइतबार | April 6, 2026

टाटाका ३ वटा नयाँ ईभी बुटवलमा सार्वजनिक



बुटवल । चारपाग्रे सवारीमा नाम कमाएको टाटा मोटर्स कम्पनीको ३ नया मोडलका ईभी चार पाग्रे सवारी बुटवलमा लन्च गरिएको छ । नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी र यस क्षेत्रको डिर्लस सफल अटो ईन्टरनेश्नल प्रालिले आईतबार कालिकानगरस्थित शोरुममा टाटाका कर्भ ईभिसहित टियगो ईभी, नेक्सन के थ्रि ईभी कारहरु लन्च गरेको हो ।

एक समारोहका बिच बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका महासचिव मुक्ति प्रसाद अधिकारीले नया मोडलका कारहरु लन्च गर्दै टाटा कम्पनी विश्व बजारमा पुरानो र नाम चलेको सवारी साधन उत्पादक भएको बताए । समय अनुसार उपभोक्ताको माग र चाहनालाई मध्येनजर गरि टाटाको ईभी कार नेपाली बजार उपयोगी भएको उनले बताए । बुटवल बजार सवारीको हबका रुपमा रहेको भन्दै टाटा कम्पनीको खपत धेरै रहेको र उपभोक्ताको मागलाई पुरा गरिरहेको उनले बताए ।

कार्यक्रममा सिप्रदीका जिएम सावन्तजंग सिजापतिले रुपन्देही बजारमा टाटाको सवारीको खपतमा पहिलो नम्बरमा रहेको भन्दै यही हिसाबबाट पनि रुपन्देही बजारलाई विशेष प्राथमिकतामा राख्दै आएको दाबी गरे । सवारी बिक्रिपछिको सेवामा आफुहरु विशेष चासो दिएर आधुनिक र उपयोगी नया सुविधासम्पन्न वर्कसप सुभारम्भ गरि सेवा दिने तयारीमा रहेको उनले बताए । बुटवल शोरुममा आईतबार र सोमबार दुई दिनसम्म कार बुकिङ गर्ने उपभोक्तालाई एक वर्षलाई ईन्सुरेन्स कम्पनीबाट ब्यहोर्ने र चार्जिङ समेत आजिवन निशुल्क हुने उनले घोषणा गरे ।

कार्यक्रममा नेपालका लागि टाटाका कन्ट्रि म्यानेजर श्री प्रसन्न रंगनाथनले अटो मोबाईल क्षेत्रमा टाटाको उत्पादन नेपाली बजारमा राम्रो खपत रहेको बताए । टाटाको ग्राहकबाट प्राप्त हुने प्रतिक्रिया आफुहरुलाई सबैभन्दा धेरै उपयोगी हुने भन्दै यसको आधारमा नया र मोडिफाई सवारीहरु बजारमा ल्याउदै गरेको उनले बताए ।

कार्यक्रममा सिप्रदी सेल्स चिफ म्यानेजर निर्मल खत्री तीन वटै नया कारका विशेषताहरु प्रकाश पारे । कर्भ ईभी बजारमा सर्वाधिक रुचाईएको दाबी गरे । एडभान्स डिजाईनमा रहेको लक्जरियस र प्रिमियम वुफे डिजाईन यो पहिलो भएको उनले बताए । १८ ईन्चको टायर, १३ ईन्चको टच स्क्रिन, जेभिएलको ९ स्पिकर जडान, लगेज पर्याप्त राख्न मिल्ने प्रविधियुक्त रहेको छ । २१ वटा ईन्टेलिजेन्स फिचर, ६ वटा एयर ब्याग, ७० वाटको ब्याट्री चार्ज, पाच वटा कलर अप्सन रहेको छ । कारको २६ लाख देखि ५७ लाख रुपैयासम्मको बजार मूल्य रहेको छ ।

यसैगरि अघिल्लो वर्ष लन्च भएको टिआगोको नया स्वरुप, फिचरमा नया मोडेल बजारमा ल्याएको उनले बताए । उपभोक्ताको फिडब्याकको आधारमा नया स्वरुपमा ल्याएको उनले बताए । २०१८ मा पेट्रोल भर्जनमा बजारमा आएको नेक्सन २०२१ मा नेक्सन ईभी गर्दै बजारको माग अनुसार अहिले नया नेक्सन के थ्रि गेम चेन्जरका रुपमा बजारमा ल्याएको उनले दाबी गरे । टाटाको नया डिजिटल डिजाईनका रुप, ग्राउण्ड क्लियरेन्स, सुरक्षा सिस्टम, नया टेक्नोलोजीसहितको साउण्ड सिस्टम, म्याप, सुचना दिने डिस्प्ले,६ वटा कलर अप्सन लगायत रहेको छ ।

कार्यक्रममा सफल अटोका संचालक दिनेश शर्माले सिप्रदीसंगको सहकार्यमा यस क्षेत्रमा चारपाग्रेका सबै खोले सवारी र सेवालाई ध्यान दिने बताए । कार्यक्रममा सिप्रदी सिनियर म्यानेजर डिलर सेल्स मेघराज ढुगेल, सफल अटोका अध्यक्ष भावध्वज ढुगाना, शोरुम म्यानेजर सन्दिप पोखरेलले सवारीको बारेमा जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  ८ : २५ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको