१ पुस २०८२, मंगलबार | December 16, 2025

नमराज दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १३ औं नमराज दिलिप स्मृति दिवसको अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले यस्ता रचनात्मक कार्यक्रमहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए । एक पोका रगतले पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै उनले रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठनप्रति विशेष आभार प्रकट गरे । अध्यक्ष गैरेले नमराज–दिलिपको स्मृतिमा प्रतिष्ठान बनाउन पार्टीले पहल गर्ने बताए । उनले यस्ता कार्यक्रमहरु निरन्तर गरिरहन संगठनलाई सुझाव दिए ।

कार्यक्रममा निजामति कर्मचारी संगठन लुम्बिनी प्रदेश सह–ईन्चार्ज नारायणप्रसाद भण्डारी, नेपाल स्वास्थ्य प्राविधिक संघका केन्द्रीय अध्यक्ष वसन्त श्रेष्ठ लगायतले बोल्दै रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने बताउँदै संगठनलाई बलियो बनाउन एकजुट भई अघि बढ्नुपर्ने बताए ।

नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले अस्पतालहरुमा देखिएको रगतको अभावलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । संगठनले रहेक वर्ष नमराज–दिलिप स्मृति दिवसको अवसरमा चैत ६ गते रक्तदान कार्यक्रम गर्दै आइरहेको उनले बताए । आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता लगायत अन्य सहयोगीहरुलाई धन्यवाद दिदै अध्यक्ष पराजुलीले आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।

निजामती कर्मचारी संगठन नीति अनुसन्धान आयोगका सचिव काशीराम आचार्य, केन्द्रिय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष प्रेमप्रसाद खनाल, केन्द्रिय सदस्य रमेश पाण्डे, विज्ञान प्रविधि आयोगका सदस्य खगराज उपाध्याय, एमाले रुपन्देहीका जिल्ला कमिटी सदस्य तथा पेशागत ईन्चार्ज मेघदेव पन्त, निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेशका अध्यक्ष नेत्र आचार्य, नमराज श्रेष्ठकी आमा याचुकुमारी श्रेष्ठ, श्रीमती पदमकुमारी श्रेष्ठ लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा हालसम्मकै धेरै ६३ यूनिट रगत संकलन भएको थियो । वि.सं २०६८ साल चैत ६ गते कार्यालयतर्फ जाँदै गरेको अवस्थामा नमराज श्रेष्ठ र दिलिप न्यौपाने सवार मोटरसाईकललाई बुटवलको मिलनचोकमा टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो ।

कार्यक्रम संयोजक तथा संगठनका केन्द्रिय प्रतिनिधी नरमाया श्रीसको स्वागत तथा रुपन्देहीका सचिव पदम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : १५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज