१६ भदौ २०८३, मंगलबार | September 1, 2026

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत



काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसद मदनकुमारी शाह (गरिमा)ले ‘मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गरेकी छिन् । महिनावारी विभेद अन्त्य गर्न आवश्यकताअनुसार कानुन परिमार्जनका लागि सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको उनले जानकारी दिइन ।

कर्णाली र सुदूरपश्चिमलगायत क्षेत्रमा अझै पनि छाउपडी प्रथा रहेकाले यसलाई अन्त्य गर्न आवश्यक रहेको शाहको भनाइ छ । “महिनावारी विभेद अन्त्य गरेर यसलाई मर्यादित बनाउनुपर्छ । यसलाई मानवअधिकारीको दृष्टिले सम्मान गर्नु नै मर्यादित महिनावारी हो”, उनले भनिन् ।

सांसद शाहले लैङ्गिक विभेद अन्त्य गर्दै सम्मानपूर्वक बाँच्न पाउनुपर्ने, छुवाछुत अन्त्यजस्ता मौलिक हकको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्दै यसलाई घृणाको दृष्टिले हेरिन नहुनेमा जोड दिइन। “महिनावारी हुने व्यक्तिलाई मानवका रूपमा स्वीकार गर्नुपर्छ । भएका कानुनलाई परिमार्जन गर्नुपर्छ । महिनावारी विवेदका कारण मानसिक स्वास्थ्यमा असर पुगेको छ । महिनावारी विभेद अन्त्यका लागि नै सङ्कल्प प्रस्ताव गरिएको हो”, उनले भनिन।

महिनावारीलाई सहज र सुरक्षित बनाउने, नीतिमा प्राथमिकता दिने, राष्ट्रिय महिनावारी नीति २०७४ लाई टुङ्गोमा पु¥याउने, वार्षिक बजेटमा पनि मर्यादित महिनावारी शीर्षक राखिनुपर्नेमा सांसद शाहको जोड छ ।

प्रस्तुत सङ्कल्प प्रस्तावलाई सांसदहरू सुमित्रा विसी, गङ्गाकुमारी वेल्बासे, विष्णुकुमारी सापकोटा, पुजा चौधरी र डा अञ्जान शाक्यले समर्थन गरेका थिए ।

सङ्कल्प प्रस्तावका समर्थक सांसद डा शाक्यले संविधानले लैङ्गिक विभेद अन्त्य गर्ने सङ्कल्पसहित मौलिक हकको व्यवस्था गरे पनि कार्यान्वयन हुन नसकेको बताइन। “नेपालको आधा हिस्सा महिनावारी हुने व्यक्ति छन् । यसको महत्वलाई स्वीकार गर्नुको सट्टा घृणाको दृष्टिले हेरिन्छ । अपमानपूर्ण पम्परागत हानिकारक अध्यासमा मात्रै राखेर व्याख्या गर्नु महिनावारीको विभेदलाई बढुवा दिनु हो”, उनले भनिन, “महिनावारी हुने व्यक्तिलाई मानवका रूपमा हेरिनुपर्छ । मर्यादित महिनावारीलाई सबै नीतिमा समावेश गरिनुपर्छ ।”

सांसद गङ्गाकुमारी वेल्बासेले सामाजिक बहिस्कारका रुपमा रहेको महिनावारीले हिंसा बढाएको भन्दै यसलाई मर्यादित बनाउन छुट्टै नीति आवश्यक रहेको बताइन ।

समर्थक सांसद विसीले मर्यादित महिनावारीसम्बन्धी भएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको र समायानुकूल कानुन परिमार्जन गर्न नसक्दा विभेद अन्त्य हुन नसकेको बताइन । “महिनावारीको रगत मानवको सृष्टिका लागि बनेको शुद्ध रगत हो भन्ने बुझ्नुपर्छ । यसमा गरिने विभेदले मानसिक चोट पुग्ने भएकाले समयमा नै उपयुक्त कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ”, उनले भनिन ।

सांसद विष्णुकुमारी सापकोटाले महिनावारीमैत्री शौचालय आवश्यक रहेको बताइन । उनले मर्यादित महिनावारीलाई नीतिगत रूपमा नै अगाडि बढाउन सङ्कल्प प्रस्ताव राखिएको जनाइन।

सांसद चौधरीले महिनावारीका समयमा महिलालाई मानसिक तनाव, हिंसा र विभेद सहनुपर्नेजस्ता समस्याका कारण महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गरिएको बताइन ।

सङ्कल्प प्रस्ताव प्रस्तुतपछिको छलफलमा भगवती न्यौपाने, कमलादेवी पन्त, डा वेदुराम भुसाल, गोपीबहादुर सार्की आछामी, गोपाल भट्टराई, जयन्तीदेवी राई, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, तारामान स्वाँर, रुक्मिणी कोइराला, घनश्याम रिजाल, नरबहादुर विष्ट, तुलसाकुमारी दाहाल, मनरुपा शर्मा, गोमादेवी तिमल्सेना, पदम परियार, मायाप्रसाद शर्मा, नारायणदत्त मिश्र, सुरेशकुमार आलेमगरले भाग लिएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  २ : ०५ बजे

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा