७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बसको सिटमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो



विर्तामोड । झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महिला मोरङ गछिया बस्ने ४३ वर्षीया सेलिङ चेम्जोङ भएको खुलेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको दमक-विर्तामोड खण्डको झिलभिलेमा पुग्दा अन्य यात्रुले सिटमा महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । शुक्रबार साँझ पौने ६ बजेतिर यात्रुले बसको सिटमै महिला अचेत अवस्थामा ढलेको देखेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । परिवारसँग सम्पर्क गरेर घटना अगाडिको महिलाको स्वास्थ्य अवस्थाबारे बुझ्नेकाम भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ७ : ५२ बजे

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको