५ श्रावण २०८३, मंगलबार | July 22, 2026

कांग्रेसले निर्णय नगर्दै स्वास्थ्यमन्त्री पौडेलले प्रस्ताव गरे संविधान संशोधनको एजेण्डा

संघमा २ सय ७५ बाट २ सय १ र प्रदेशमा ४० प्रतिशत सांसद संख्या घटाउनु पर्ने प्रस्ताव



नेपालगन्ज । नेपाली कांग्रेसले संबिधान संशोधनका सम्बन्धमा अहिलेसम्म कुनै एजेण्डा सार्वजनिक नगरेपनि कांग्रेस युवा नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संबिधान संशोधनका बिभिन्न बुँदाहरु सार्वजनिक गरेका छन् । बाँकेका कार्यकर्ताहरुको भेटमा उनले संघ र प्रदेशको सांसद संख्या घटाउनु पर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

उनले संघमा २ सय ७५ बाट २ सय १ र प्रदेशमा ४० प्रतिशत सांसद संख्या घटाउनु पर्ने बताए । उनले बाँकेका कांग्रेस कार्यकर्ताहरुमाझ निजामति र सुरक्षा निकायमा पनि कर्मचारी घटाएर चालु खर्च कम गरी संघीयतालाई व्यवस्थित गर्नुपर्ने पनि सुनाए ।

कांग्रेस नेता एवं गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदबाट पूर्वविशिष्टलाई सुविधा सम्बन्धी कानुन बन्दै गरेको खुलासा गरेको २ दिन पछि सोही मन्त्रिपरिषदका सदस्य रहेका स्वास्थ्यमन्त्री पौडेलले पूर्वविशिष्टलाई सेवा सुविधा दिने सरकारको योजना नभएको दाबी गरे । उनले राज्यलाई आर्थिक भार पर्ने गरी पूर्वविशिष्टलाई सेवा सुविधा नदिइने बताए । मन्त्री पौडेलले पूर्वविशिष्टलाई दिने भनिएको सुविधा पास नहुने पनि बताउँदै राज्यलाई आर्थिक भार थपिने गरी कुनै पनि सेवा सुविधा दिन नसकिने दोहो¥याए ।

मन्त्री पौडेलले बिमालाई व्यवस्थित गर्नुपर्ने औल्याए । बिमामा थोरै बजेट छुट्याइने र बक्यौता धेरै रहने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउदै पौडेलले व्यक्ति र विभिन्न संघ संस्था, निकायबाट निश्चित रकम लिएर बिमाको रकम सुरक्षित गर्नुपर्ने बताए ।

जिल्ला सभापति नारायण गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपाल अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, जिल्ला सचिव सुधांशु कोइरालालगायतका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  २ : ०९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं