३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै



काठमाडौं । आज सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बस्दैछ।

प्रधानमन्त्री कार्यालयमा अपरान्ह बस्ने बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बस्ने बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धमा छलफल हुनेछ ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन बने पनि कार्यान्वयनका लागि आवश्यक आयोगको पदाधिकारीको नियुक्ति हुन सकेको छैनन् । यसअघि आयोगका पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटी गठन गरिए पनि सो समितिले छनौट गर्न सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले अग्नि खरेललाई आफ्नो संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार नियुक्त गरेपछि यो प्रक्रियाले पुनः गति लिन थालेको हो । यसअघि खरेलले शीर्ष नेताहरूसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ८ : ३९ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा