५ पुस २०८२, शनिबार | December 20, 2025

बागलुङमा तीन सय ४३ उद्योग तथा व्यवसाय बन्द



बागलुङ । बागलुङमा पछिल्लो साढे दुई वर्षमा तीन सय ४३ वटा उद्योग तथा व्यवसाय बन्द भएका छन् । बढ्दो बसाइँसराइ र युवा शक्ति विदेश पलायन हुँदै गएपछि जिल्लामा सञ्चालित उद्योग बन्द भएका हुन् । आर्थिक वर्ष २०७९र८० देखि हालसम्म चार सय ५६ उद्योग दर्ता भएका छन् ।

पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा ७१ वटा उद्योग बन्द भएका छन् । यस अवधिमा ७२ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९र८० मा एक सय १७ उद्योत तथा व्यवसाय बन्द भएका छन् । जसमा उद्योगतर्फ ४४ र वाणिज्यतर्फ ७३ रहेका छन् ।

त्यस वर्ष दुई सय २८ व्यवसाय दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९७ र वाणिज्यतर्फ एक सय ३१ रहेका छन् । कार्यालय प्रमुख थापाका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा उक सय ५५ उद्योग व्यवसाय बन्द भएका छन् ।

उद्योगतर्फ ६७ र वाणिज्यतर्फ ८८ व्यवसाय बन्द भएको उनले जानकारी दिए । अघिल्लो वर्ष उद्योगतर्फ ४३ र वाणिज्यतर्फ १०४ गरि एक सय ४७ व्यवसाय दर्ता भएको थापाको भनाइ छ । चालु आर्थिक वर्षमा भने उद्योगतर्फ ३१ र वाणिज्यतर्फ ४० गरि ७१ व्यवसाय बन्द भएका छन् । यस वर्ष उद्योगतर्फ २७ र वाणिज्यतर्फ ४५ गरि ७२ व्यवसाय दर्ता भएको प्रमुख थापा बताउँछन् ।

व्यवसाय गरेको छोटो समयमै बन्द गराउनेको सङ्ख्या बढी रहेको उनको भनाइ छ । बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले कोभिड–१९ पछि आर्थिक गतिविधि साँघुरिँदै जाँदा त्यसको असर व्यापार व्यवसायमा परेको बताए । दुई वर्षको अवधिमा बागलुङ बजारबाट मात्रै ७० व्यवसायीपलायन भएको उनको भनाइ छ । मुलुकमा राजनीतिक अस्थितरता र राज्यको कर नीतिका कारण पनि व्यवसायी निराश भएर व्यवपार व्यवसाय बन्द गर्न बाध्य भएको कँडेल बताउँछन् ।

अध्यक्ष कँडेलले भने, “दिनदिनै बागलुङमा व्यवसाय बन्द हुँदै गएका छन्, व्यवसाय बन्द हुने पहिलो कारण त कोभिड–१९ नै हो, आर्थिक मन्दि भयो, त्यसको प्रत्यक्ष प्रभाव व्यवसायमा पर्‍यो, यहाँका धेरै व्यवसायीले सामान लिलाम गरेर विदेश गए, अब राज्यले व्यवसायीमुखी नीति र कार्यक्रम ल्याउन नसके अझै धेरै उद्योग व्यवसाय बन्द हुने देखिन्छ ।”

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १० : ०८ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य