२५ श्रावण २०८३, सोमबार | August 10, 2026

काठमाडौंको सुरक्षा व्यवस्थामा कडाई, ३५ सय बढि प्रहरी परिचालन



काठमाडौं । काठमाडौंमा आज (शुक्रबार) राजतन्त्रपक्षधर र गणतन्त्रपक्षधर समाजवादी मोर्चा दुवैले एकैसाथ प्रदर्शन गर्दैछन् । नवराज सुवेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समिति र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा खडा भएको समाजवादी मोर्चाले एकै साथ प्रदर्शन गर्न लागेका हुन् ।

सुवेदी नेतृत्वको समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर बनाउँदै काठमाडौंमा प्रदर्शन गर्न लागेको हो भने प्रचण्ड नेतृत्वको समाजवादी मोर्चाले पनि तीन ठाउँबाट प्रदर्शन गर्ने जनाइसकेको छ । राजावादीहरूले तीनकुनेमा प्रर्दशन गर्ने र समाजवादी मोर्चाले भने भृकुटीमण्डपलाई केन्द्र बनाएका छन् ।

जसका कारण प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने गरी उपत्यका प्रहरी कार्यालयले योजना बनाएको जनाइएको छ भने सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । साथै, प्रदर्शन स्थलमा भनेएसपी अपिल बोहराले खटाउने गरी सुरक्षा व्यवस्था गरिएको छ ।

समाजवादी मोर्चाले बबरमहल, त्रिपुरेश्वर, कुपण्डोल, सोह्रखुट्टे, सुन्धारा, न्यूरोड, थापाथली, पुतलीसडक, मैतीदेवी, कमलादीलगायतका स्थानहरूबाट जुलुश निकाल्दै छन् ।

भने राजतन्त्रपक्षधरहरुले तिनकुने, कोटेश्वर, चावहिल, चक्रपथ, सातदोबाटो, भक्तपुर लगायतका क्षेत्रबाट जुलुश निकाल्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ८ : २६ बजे

खजुराबाट ४० मोतिविन्दुको शल्यक्रियाको लागी सिफारिस

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँमा आँखा शिविर

सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्मा यही साउन १० गते

प्रचण्डले दिए सरकारलाई धन्यवाद

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्ज –२० का वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध

अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय