१२ आश्विन २०८३, सोमबार | September 28, 2026

लोमान्थाङमा बन्यो पाँच शय्याको आधारभूत अस्पताल भवन



मुस्ताङ । उत्तरी चीनको स्वाशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको हो ।

उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८÷७९ को २४ जेठमा डाँफे–हरि–सन्त जेभी कन्ट्रक्सनसँग पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायत कारण तोकिएको समय सम्पन्न हुन नसकेको हो । ठेक्का सम्झौताअनुसार आव २०८०/८१ को २३ जेठमा सकिनुपर्ने थियो ।

लोमान्थाङ–५ स्थित लोमान्थाङ बजारको तल करिब एक किलोमिटर दूरीको क्षेत्रमा आधारभूत सत्ताइस कोठे स्वास्थ्य पूर्वाधार भवन निर्माण सम्पन्न भएको हो । आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवन रु सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिनुभयो । निमित्त प्रमुख केसीले लोमान्थाङमा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवनमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास कोठा निर्माण भएको जानकारी दिए ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पुर्याउन आधारभूत स्वास्थ्य सेवा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । अध्यक्ष गुरुङले पूर्वाधार बनिसकेको भए पनि सेवा सञ्चालन, उपकरण र जनशक्तिको व्यवस्थापनकार्य चुनौती भएको बताए। रासस

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ९ : ०९ बजे

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध

चोलेन्द्र प्रकरण अपराध अनुसन्धानका प्रमुख खड्कालाई आयोगले बोलायो

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउ–रिहाइ प्रकरण संसद्मा, सांसदद्वारा सरकारसँग जवाफ माग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिएर केही घण्टामै

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल