२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : आरसिबीसँग चेन्नाई पराजित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले लगातार दोस्रो जित निकालेको छ । आरसिबीले शुक्रबार भएको खेलमा चेन्नाई सुपर किङलाई ५० रनले हराएको छ ।

१९७ रनको लक्ष्य पछ्याएको चेन्नाई ८ विकेट गुमाउँदै १४६ रनमा सीमित भयो । चेन्नाईका रचिन रविन्द्रले ३१ बलमा ४१ रन जोड्नु बाहेक शीर्ष क्रममा ५ ब्याट्सम्यान शून्यमा आउट भए ।

नवौँ क्रममा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३० रन जोडे । रवीन्द्र जडेजाले २५ रन जोडे । चेन्नाईमा जोस हजेलउडले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । यसैगरी यस दयाल र लियाम लिभिङस्टोनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले सात विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि कप्तान रजत पाटीदरले ३२ बलमा ५१ रन जोडे । उनको पारीमा चार चौका र तीन छक्का समावेश थियो । पाटिदर खेलको म्यान अफ द म्याच बने ।

फिल साल्टले १६ बलमा ३२ रन जोडे भने विराट कोहलीले धिमा गतिमा रन बटुल्ने क्रममा ३० बलमा ३१ रन बनाए । टिक डेभिडले ८ बलमा २२ रन जोडे । उनले २० औँ ओभरमा साम कुरानलाई लगातार तीन छक्का प्रहार गरे । यसअघिको खेलमा छाएका नुर अहमदले दोस्रो खेलमा ३६ रन खर्चेर तीन विकेट लिए ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : ३६ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास