२२ असार २०८३, सोमबार | July 6, 2026

साइन रेसुङ्गा कर्पोरेट कप फुटसलको उपाधी इन्जिनियर्सलाइ

एफ एन जे मिडिया कप फुटसलको उपाधी ग्लोबल आवाजलाइ



बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न साइन रेसुङ्गा कर्पोरेट कप तथा एफ एन जे मिडिया कप फुटसल प्रतियोगिता २०८१ को उपाधी नेपाल इन्जिनियर्स एशोसियसन र ग्लोबल आवाज डट कमले चुमेको छ ।

सोमबार भएको फाईनल खेलमा नेपाल इन्जिनियर्स एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६-१ गोल तथा ग्लोबल आवाज डट कमले बुद्ध सामुदायिक टेलिभिजनलाई ८-२ को फराकिलो गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो ।

साइन रेसुङ्गा कर्पोरेट कपतर्फ विजेता नेपाल इन्जिनियर्स एशोसियसनले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, इन्जिनियर्स एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा ईन्जिनियर एशोसियनकै प्रविन सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुदै पुरस्कृत भए ।

यसैगरी एफ एन जे मिडिया कपतर्फ विजेता ग्लोबल आवाजले नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टेलिभिजन नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोष्टका बिनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका ईन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको महासंघका सचिव सीपी खनालले बताए ।

एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गरेका छन ।

प्रतियोगितामा साइन रेसुङ्गा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा एफ एन जे मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए ।

यस्तै संचारीका समूह र डब्लुडब्लुजे विच भएको मैत्रीपूर्ण खेल संचारीका समूहले जितेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ६ : ३९ बजे

चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६

रुपन्देहीमा बोरिङको भरमा धान रोपाईं

भैरहवा । मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा रुपन्देहीका

पोखरा-दुबई उडान दिगो बनाउन पहल

पोखरा । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई

पाँच पटकको विजेता ब्राजिलमाथि नर्वेको सनसनीपूर्ण जित, हालान्डले गरे दुई गोल

काठमाडौं । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित

आजको मौसम : केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।