२ पुस २०८२, बुधबार | December 17, 2025

तीनकुने घटनामा मारिएका रजक र महर्जनको परिवारलाई जनही १० लाख दिने सरकारको निर्णय



काठमाडौं । सरकारले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०-१० दिइने भएको हो ।

‘गृहमन्त्रीस्तरीय निर्णयबाट दुवैजना मृतकका परिवारलाई जनही १०-१० लाख रुपैयाँ दिने निर्णय भएको छ’, गृहमन्त्री लेखकका प्रेस सल्लाहकार शेरबहादुर सिंंहले भने, ‘मृतकका परिवारलाई राहतस्वरुप सरकारकोतर्फबाट यो सहयोग दिन लागिएको हो ।’

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहको उग्र प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो ।

उता कीर्तिपुर निवास यातायात मजदुर महर्जनको भने गोली लागेर ज्यान गएको थियो । उनीहरू दुवैको पोस्टमार्ट रिपोर्ट पनि आइसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ०९ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको