१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

दशौं डाँफेकप फुटबल : फाइनलमा न्यू डाँफे र नव ज्योति भिड्ने



खजुरा । चैत्र ९ गतेदेखी बाँकेको खजुरामा जारी दशौँ डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको फाइनलमा आयोजक टीम फाइनल प्रवेश गरेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौं डाँफे कपको बुधबार भएको दोस्रो सेमी फाइनल खेलमा आयोजक टिम न्यू डाँफे स्पोर्ट्स क्लबले भ्याली होप डुडुवा राझालाई ०(२ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।

मंगलबार नै फाइनल प्रवेश गरेको नव ज्योति युवा क्लब बैजनाथसंग बिहीबार आयोजक टिमले खेल्नेछ । बुधबार भएको सेमिफाइनल खेलमा न्यु डाँफे स्पोर्ट्स क्लबका तर्फबाट जर्सी नम्बर ५ का दिपेङ्ग सिंह ठकुरीले खेल सुरु भएको दशौँ मिनेटमा पहिलो गोल गरे । न्यु डाँफेकै तर्फबाट खेलको ६० औँ मिनेटमा विदेशी खेलाडी जर्सी नम्बर १३ का ईटुले दोस्रो गोल गरे । आयोजकले सेमिफाइनलमा विदेशी दुई जना खेलाडी मैदानमा उतारेको थियो । स्थानिय खेलाडी र विदेशी खेलाडीको मिक्सिङले थप खेल रोचक बनेको थियो ।

खेलको म्यान अफ द म्याच भने न्यू डाँफेका जर्सी नम्बर १५ का सुनिल आले मगर घोषित भए । खेलाडी सुनिलले नगद ११ सय साथमा ट्रफी मेडल र लेलिन ब्राण्डको टिसर्ट प्राप्त गरे । दशौँ डाँफे कपमा विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ । साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया, लेलिन ब्राण्डको टिसर्ट , कप, म्यागेजिन झोला सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सचिव बलराम खत्रीले जानकारी दिए । चैत्र ९ देखि २१ गतेसम्म सञ्चालन गरिएको दशौँ डाँफे कपको फाइनल सँगै समापन कार्यक्रम समेत बुधबार सम्पन्न गरिने खेल संयोजक तिलकवीर सुनारले जानकारी दिए ।

समापन कार्यक्रममा विभिन्न सहयोगी दाता, अफिसियल पार्टनर, मिडिया लगायत खेलाडीहरुलाई सम्मानको कार्यक्रम राखिएको न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए । प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १० : ०३ बजे

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने

फागुपूर्णिमा आपसी प्रेम र एकताको एक विशिष्ट पर्व : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रङहरूको उत्सवका रूपमा