१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आईपीएल : सिराजको घातक बलिङमा आरसिबीलाई गुजरातले आठ विकेटले हरायो



काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटानले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)लाई गुजरातले ८ विकेटले हराएको हो । १७० रनको लक्ष्य पाएको गुजरातले १३ बल बाँकी रहँदा २ विकेटको क्षतिमा १७० बनाउँदै लक्ष्य पूरा गरेको थियो ।

गुजरातका लागि जोस बटलरले अविजित रहँदै ३९ बलमा ७३ रन जोडे । उनको पारीमा ५ चौका र ६ छक्का थियो । सेरफान रुदरफोर्डले अविजित १८ बलमा ३० रन जोडे । साइ सुदर्शन अर्धशतक बनाउन एक रनले चुके । उनले ३६ बलमा ७ चोका र एक छक्काको मद्दतमा ४९ रन जोडे । बंग्लोरुका लागि भुवनेश्वर कुमारले चार ओभरमा २३ रन खर्चेर एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लोरुले ८ विकेटको क्षतिमा १६९ रन जोडेको हो । बंग्लोरुले ६.२ ओभरमा ४२ रनमा चौथो विकेट गुमाइसकेको थियो । बंग्लोरुलाई सस्तोमा समेट्ने क्रममा मोहम्मद सिराजले चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए ।
मध्य क्रममा बंग्लोरुलाई खुलेर खेल्न रोकेका साइ किशोरले चार ओभरमा २२ रन खर्चेर दुई विकेट लिए । प्रसिद्ध कृष्णले ४ ओभरमा दुई रन खर्चेर एक विकेट लिए । बंग्लोरुका लागि पाँचौँ क्रममा ब्याटिङ गरेका लियाम लिभिङ स्टोनले ५४, छैटौँ क्रममा जितेस शर्माले ३३ तथा आठौँ क्रममा टिम डेभिडले १८ बलमा ३२ रन जोडे। सिराज खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यो हार संगै बंग्लोरु चार अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ । गुजरात समान अंकका साथ चौथो स्थानमा छ । पन्जाब किङ्स चार अङ्क सहित पहिलो तथा दिल्ली क्यापिटल दोस्रो स्थानमा छन् । पन्जाब र दिल्लीले दुई खेल मात्र खेलेका छन् भने अन्य टोलीले तीन खेल खेलिसकेका छन् । आईपिएलमा आज कोलकाता नाइड राइडर र सनराइजर हैदराबाद खेल्दैछन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ७ : १५ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत