२७ मंसिर २०८२, शनिबार | December 13, 2025

शिशु कल्याण पाठशालाको सातौं वार्षिकोत्सव सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ योगीकुटीमा अवस्थित श्री शिशु कल्याण पाठशालाले सातौं वार्षिकोत्सव तथा छैटौं दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

शिशुकल्याण पाठशालाले बिहीबार सातौं वार्षिकोत्सव तथा छैटौं दीक्षान्त सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पाठशालाको योगदान र शिक्षाको क्षेत्रमा गरेको प्रगतिलाई सराहना गर्दै पाठशालालाई भविष्यमा पनि सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि काठमाडौं मन्टेश्वरीका राम देवकोटा, पाठशालाका अध्यक्ष कृष्णप्रसाद नेपाल, पाठशालाका प्रधानाध्यापक दिपेन्द्र नेपाल लगायतले बोल्दै व्यवहारिक र असल शिक्षामा जोड दिए ।

वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पाठशालामा विभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणनपत्र वितरण गरिएको पाठशालाका प्रबन्ध निर्देशक महेन्द्र नेपालले बताए ।

पाठशालामा दिवा आवासीय सुबिधासहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी सम्मको अध्यापन भैरहेको नेपालले बताए ।

शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनका लागि हरेक शैक्षिकसत्रमा ५० जनाभन्दा विद्यार्थी संख्या नबढाइने विद्यालयले जनाएको छ ।

कार्यक्रमको संचालन पाठशालाका प्रबन्ध निर्देशक महेन्द्र नेपालले गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ७ : ३३ बजे

एनपीएल फाइनल आज : सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उपाधि आज

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

एमालेको ११ औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग