२४ भदौ २०८३, बुधबार | September 9, 2026

शिशु कल्याण पाठशालाको सातौं वार्षिकोत्सव सम्पन्न



बुटवल । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ योगीकुटीमा अवस्थित श्री शिशु कल्याण पाठशालाले सातौं वार्षिकोत्सव तथा छैटौं दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

शिशुकल्याण पाठशालाले बिहीबार सातौं वार्षिकोत्सव तथा छैटौं दीक्षान्त सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले पाठशालाको योगदान र शिक्षाको क्षेत्रमा गरेको प्रगतिलाई सराहना गर्दै पाठशालालाई भविष्यमा पनि सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि काठमाडौं मन्टेश्वरीका राम देवकोटा, पाठशालाका अध्यक्ष कृष्णप्रसाद नेपाल, पाठशालाका प्रधानाध्यापक दिपेन्द्र नेपाल लगायतले बोल्दै व्यवहारिक र असल शिक्षामा जोड दिए ।

वार्षिकोत्सवको अवसरमा बालबालिकाहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पाठशालामा विभिन्न समयमा गरिएको खेलकुद, साँस्कृतिक कार्यक्रम सहित अतिरिक्त क्रियाकलापमा सफल भएका बालबालिकालाई पुरस्कार र प्रमाणनपत्र वितरण गरिएको पाठशालाका प्रबन्ध निर्देशक महेन्द्र नेपालले बताए ।

पाठशालामा दिवा आवासीय सुबिधासहित प्ले ग्रुप, नर्सरी, एलकेजी र यूकेजी सम्मको अध्यापन भैरहेको नेपालले बताए ।

शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनका लागि हरेक शैक्षिकसत्रमा ५० जनाभन्दा विद्यार्थी संख्या नबढाइने विद्यालयले जनाएको छ ।

कार्यक्रमको संचालन पाठशालाका प्रबन्ध निर्देशक महेन्द्र नेपालले गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  ७ : ३३ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको