१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

दशौं डाँफे कपको उपाधी न्यू डाँफेले उचाल्यो



खजुरा । बाँकेको खजुरामा जारी दशौं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको उपाधी आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले उचालेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृतिमा सञ्चालन गरिएको दशौं डाँफे कपको बिहिबार सम्पन्न फाइनल खेलमा नवज्योति युवा क्लब बैजनाथलाई ०-१ गोल अन्तरले आयोजक टिम विजयी भएको हो ।

विजय भएसँगै आयोजक टिमले प्रथम पुरस्कार १ लाख ५५ हजार ५५५ आफ्नै पोल्टामा पारेको छ । उपविजेता हुँदै नवज्योति युवा क्लब बैजनाथले ८० हजार ५५५ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो । फाइनल खेलका म्यान अफ द म्याच न्यु डाँफेका जर्सी नम्बर ४ का खेलाडी लक्ष्मण राना घोषित भए । म्यान अफ द म्याच घोषित खेलाडी रानाले नगद ११०० सहित मेडल ट्रफी साथमा लेलिन ब्राण्डको टिसर्ट प्राप्त गरे ।

खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने सर्वाधिक गोलकर्ता न्यु डाँफेका जर्सी नम्बर ११ का श्याम व्याडी घोषित भए । उत्कृष्ट गोलकिपर न्यू डाँफेका कुम्भ देउबा भए । सर्वोकृष्ट खेलाडी न्यू डाँफेकै जर्सी नम्बर ५ का दिपेङ्ग राज सिंह ठकुरी घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया, लेलिन ब्राण्डको टिसर्ट , कप, म्यागेजिन झोला सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप समाजसेवी लिलबहादुर थापाले सौजन्य गरेका थिए । प्रतियोगिताको समापनमा विभिन्न सहयोगी दाताहरूलाई सम्मान गरिएको थियो । खजुरास्थित डि गाउँको मिनी रङ्गशालामा झन्डै ५ हजार बढी दर्शकहरूको फाइनल खेल हेर्न उपस्थिति रहेको थियो ।

न्यू स्पोर्ट्स क्लब खजुरा डिगाउँको आयोजनामा चैत्र ९ गते देखि भएको प्रतियोगिता २१ गते सम्पन्न भएको छ । प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १० औं डाँफे कपले खजुराको खेलकुदलाई मात्र नभई सिङ्गो खजुरालाई देशव्यापी रूपमा चिनाउन मद्दत गरेको बताए । खजुरा खेलकुदको हबको रूपमा चिनिएको उल्लेख गर्दै अध्यक्ष विकले अर्को वर्ष थप आकर्षक ढङ्गले खेल सञ्चालन गर्न पालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुराको चिनारी मिनी रङ्गशाला बनेको भन्दै यसको संरक्षण र सम्बर्धन गर्न पालिका कटिबद्ध रहनुपर्ने जोड दिए । उनले मिनी रङ्गशालामा हुने खेलका बारेमा आफू जानकार रहेको बताउँदै देश तथा विदेशी खेलाडीहरू खजुरामा आई यसरी फुटबल खेल्दा खजुराको विकास झल्कने उल्लेख गरे ।

कार्यक्रममा बोल्ने अन्य व्यक्तिहरूले जिल्लामै सबैभन्दा ठूलो क्लब स्तरीय खेल खजुरास्थित मिनि रंगशालामा हुँदै आएको प्रति गौरव लाग्ने गरेको बताएका थिए । कार्यक्रमको अध्यक्षता न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरिप्रकाश विकले गरेका थिए । कार्यक्रमको उद्देश्य बारेमा खेलकुद संयोजक तिलकवीर सुनारले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  १० : १८ बजे

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने