१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

दशौं डाँफे कपको उपाधी न्यू डाँफेले उचाल्यो



खजुरा । बाँकेको खजुरामा जारी दशौं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको उपाधी आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले उचालेको छ । स्वर्गीय गजबहादुर सिजाली स्मृतिमा सञ्चालन गरिएको दशौं डाँफे कपको बिहिबार सम्पन्न फाइनल खेलमा नवज्योति युवा क्लब बैजनाथलाई ०-१ गोल अन्तरले आयोजक टिम विजयी भएको हो ।

विजय भएसँगै आयोजक टिमले प्रथम पुरस्कार १ लाख ५५ हजार ५५५ आफ्नै पोल्टामा पारेको छ । उपविजेता हुँदै नवज्योति युवा क्लब बैजनाथले ८० हजार ५५५ नगद सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्यो । फाइनल खेलका म्यान अफ द म्याच न्यु डाँफेका जर्सी नम्बर ४ का खेलाडी लक्ष्मण राना घोषित भए । म्यान अफ द म्याच घोषित खेलाडी रानाले नगद ११०० सहित मेडल ट्रफी साथमा लेलिन ब्राण्डको टिसर्ट प्राप्त गरे ।

खेल अवधिभर सबैभन्दा बढी गोल गर्ने सर्वाधिक गोलकर्ता न्यु डाँफेका जर्सी नम्बर ११ का श्याम व्याडी घोषित भए । उत्कृष्ट गोलकिपर न्यू डाँफेका कुम्भ देउबा भए । सर्वोकृष्ट खेलाडी न्यू डाँफेकै जर्सी नम्बर ५ का दिपेङ्ग राज सिंह ठकुरी घोषित भए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया, लेलिन ब्राण्डको टिसर्ट , कप, म्यागेजिन झोला सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार स्वरूप समाजसेवी लिलबहादुर थापाले सौजन्य गरेका थिए । प्रतियोगिताको समापनमा विभिन्न सहयोगी दाताहरूलाई सम्मान गरिएको थियो । खजुरास्थित डि गाउँको मिनी रङ्गशालामा झन्डै ५ हजार बढी दर्शकहरूको फाइनल खेल हेर्न उपस्थिति रहेको थियो ।

न्यू स्पोर्ट्स क्लब खजुरा डिगाउँको आयोजनामा चैत्र ९ गते देखि भएको प्रतियोगिता २१ गते सम्पन्न भएको छ । प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगिताको समापनमा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले १० औं डाँफे कपले खजुराको खेलकुदलाई मात्र नभई सिङ्गो खजुरालाई देशव्यापी रूपमा चिनाउन मद्दत गरेको बताए । खजुरा खेलकुदको हबको रूपमा चिनिएको उल्लेख गर्दै अध्यक्ष विकले अर्को वर्ष थप आकर्षक ढङ्गले खेल सञ्चालन गर्न पालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपतिले खजुराको चिनारी मिनी रङ्गशाला बनेको भन्दै यसको संरक्षण र सम्बर्धन गर्न पालिका कटिबद्ध रहनुपर्ने जोड दिए । उनले मिनी रङ्गशालामा हुने खेलका बारेमा आफू जानकार रहेको बताउँदै देश तथा विदेशी खेलाडीहरू खजुरामा आई यसरी फुटबल खेल्दा खजुराको विकास झल्कने उल्लेख गरे ।

कार्यक्रममा बोल्ने अन्य व्यक्तिहरूले जिल्लामै सबैभन्दा ठूलो क्लब स्तरीय खेल खजुरास्थित मिनि रंगशालामा हुँदै आएको प्रति गौरव लाग्ने गरेको बताएका थिए । कार्यक्रमको अध्यक्षता न्यू डाँफे स्पोर्ट्स क्लबका अध्यक्ष हरिप्रकाश विकले गरेका थिए । कार्यक्रमको उद्देश्य बारेमा खेलकुद संयोजक तिलकवीर सुनारले जानकारी गराएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहिबार  १० : १८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले