३ असार २०८३, बुधबार | June 17, 2026

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज बैंककमा भेटवार्ता हुँदै



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक पुगेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

शिखर सम्मेलन अन्तर्गत आज अपराह्न चार बजे दुई देशका प्रधानमन्त्रीबीच बैंककस्थित म्याण्डारिन ओरियन्टल होटलमा साइडलाइन वार्ता हुन लागेको हो । भारतीय प्रधानमन्त्री सोही होटलमा बसेका छन् ।

ओली-मोदी भेटवार्तामा नेपाली पक्षबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र परराष्ट्रसचिव अमृत राई पनि सहभागी हुनेछन् ।

यसअघि प्रधानमन्त्री ओली र मोदीबीच संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला भेटवार्ता भएको थियो ।

पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई भारतले अहिलेसम्म भ्रमणको निम्तो दिएको छैन । तर ओलीले भने राष्ट्र सङ्घको महासभामा पुग्दा मोदीलाई नेपाल भ्रमणको निम्तो गरेका थिए ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ८ : १६ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा

अध्ययन बिदा सकेर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ

पैचोको ‘नेसनल सेल्स समिट’ सम्पन्न, स्वदेशी उत्पादनको बजारीकरण र कृषि उद्योग प्रवर्द्धनमा जोड

काठमाडौं । पैचो पसल प्रा.ली.ले देशभरका सेल्स प्रतिनिधीकाबीच नेसनल सेल्स