७ आश्विन २०८३, बुधबार | September 23, 2026

बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष प्रचण्ड



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताएका छन् ।

मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्वप्रधानमन्त्री प्रचण्डले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताए । उनले हुलाकी राजमार्गको काम लामो समयदेखि अवरुद्ध रहेको उल्लेख गर्दै आफ्नै दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा भारत सरकारको सहयोगमा गति ल्याइएको स्मरण गरे ।

उनले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको जानकारी दिँदै राज्यकै राजपत्रमा समेत अभिलेखीकरण गरिएको बताए । सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी कार्य कानुनी रूपमा अब कुनै अवरोध नहुने उनले प्रस्ट पारे ।

अध्यक्ष प्रचण्डले दुई महिनाभित्र सत्य निरूपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले काम थाल्ने जानकारी दिँदै भने, “सहिद तथा बेपत्ता योद्धाहरूको सम्मानमा विभिन्न जिल्लामा ऐतिहासिक बलिदान स्थलहरूमा पार्क निर्माण गरिनेछ । पीडित परिवारलाई राहत दिइनेछ, एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।”

सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै उनले १५ लाखभन्दा बढी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरिएको बताए । पार्टीको उक्त अभियान झापाबाट सुरु भई कञ्चनपुरसम्म पुग्ने छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ३ : ३२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११