२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा आयोजक र सुनवल भिड्ने



बुटवल । बिस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा शनिबार (भोली) बाट बुटवलमा प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता-२०८१ हुदैछ । चैत ३० गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लबले जनाएको छ ।

सिद्देश्वरी लालकुमारी माबिको खेलमैदानमा हुने प्रतियोगितामा आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिम सहभागी हुदै छन् ।

प्रतियोगिताको उद्घाटन खेल दिउसो ३ बजे आयोजक बिसपचहत्तर युवा परिवार र सुनवल नगरपालिकाका वीच हुने छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा प्रिती चाउचाउको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गरिने मैदानमा दर्शकलाई सहजताका लागि १ हजार जना अट्ने अस्थाई प्याराफिट निमार्ण गरिएको अध्यक्ष सुरेन्द्र थापाले बताएका छन् ।

प्रतियोगितामा सहभागी हुन आउने टिमहरु बुटवल आइसकेको र टिममा राष्ट्रिय खेलाडीहरु विभिन्न टिमबाट खेल्ने उनले बताएका छन् । बुटवलमा यो स्तरको महिला फुटवल प्रतियोगिता पहिलो पटक आयोजना हुन लागेको क्लबका सचिव दिपक गुरुङले दावी गरेका छन् । प्रतियोगिता फुटवल प्रेमीहरुले नेपालका चर्चित तथा राष्ट्रिय महिला खेलाडीहरुलाई मैदानमा देख्न पाउने उनको भनाई छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयासहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरुलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्द करिव २० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८१, शुक्रबार  ५ : ४३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल