१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ सुपर जायन्ट्सले १२ रनको रोमाञ्चक जित निकालेको छ । २०४ रनको लक्ष्य पाएको मुम्बई ५ विकेटको क्षतिमा १९१ रनमा सीमित भयो ।

खराब लयमा रहेका मुम्बईका रोहित शर्मा भने शुक्रबारको खेलमा टोलीमा समावेश थिएनन् । मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा ६७ रनको योगदान गरे । नमन धिरले ४६ रन जोडे भने तिलक बर्माले धिमा गतिमा ब्याटिङ गर्दै २३ बलमा २५ रन बनाए । कप्तान हार्दिक पाण्डे भने अविजित रहँदा १६ बलमा २८ रन जोड्न सफल भए ।

लखनउका दिगवेश राठीले चार ओभरमा २१ रन खर्चेर नमन धिरको महत्त्वपूर्ण विकेट लिए । नवौँ ओभरमा पहिलो बलमा तेस्रो विकेटको रूपमा बोल्ड आउट हुनुअघि धिरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रनको योगदान गरिसकेका थिए । राठीले पहिलो स्पेलमा तीन ओभरमा १० रन खर्चेर एक विकेट लिए । यो नै खेलको निर्णायक स्पेल थियो । एक ओभरको दोस्रो स्पेलमा भने उनलाई ११ रन प्रहार गरियो । राठी प्लेयर अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा २०३ रन बनायो । लखनउका मिचेल मार्सले उत्कृष्ट पारी खेल्दै ३१ बलमा ६० रन जोडे । उनले आइडन म्याक्रमसँग पहिलो विकेटका लागि ७ ओभरमा ७६ रनको साझेदारी गरे ।

विगनेस पुथुरले ४ ओभर बलिङ गरेर ३१ रन खर्चे । म्याक्रमले ३८ बलमा ५३ रन जोडे । डेभिड मिलरले १४ बलमा २७ रन जोडे । मुम्बईलाई खेलमा फर्काउने क्रममा कप्तान पाण्डेले चार ओभरमा ३६ रन खर्चेर पाँच विकेट लिए । लखनउका ऋषभ पन्त दुई रनमा आउट भए । तालिकामा लखनउ चार अंकसहित छैटौँ तथा मुम्बई २ अङ्कसहित सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ७ : ५४ बजे

हराएको डेढ महिनाअघि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत