२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ सुपर जायन्ट्सले १२ रनको रोमाञ्चक जित निकालेको छ । २०४ रनको लक्ष्य पाएको मुम्बई ५ विकेटको क्षतिमा १९१ रनमा सीमित भयो ।

खराब लयमा रहेका मुम्बईका रोहित शर्मा भने शुक्रबारको खेलमा टोलीमा समावेश थिएनन् । मुम्बईका लागि सूर्यकुमार यादवले ४३ बलमा ६७ रनको योगदान गरे । नमन धिरले ४६ रन जोडे भने तिलक बर्माले धिमा गतिमा ब्याटिङ गर्दै २३ बलमा २५ रन बनाए । कप्तान हार्दिक पाण्डे भने अविजित रहँदा १६ बलमा २८ रन जोड्न सफल भए ।

लखनउका दिगवेश राठीले चार ओभरमा २१ रन खर्चेर नमन धिरको महत्त्वपूर्ण विकेट लिए । नवौँ ओभरमा पहिलो बलमा तेस्रो विकेटको रूपमा बोल्ड आउट हुनुअघि धिरले २४ बलमा चार चौका र तीन छक्कासहित ४६ रनको योगदान गरिसकेका थिए । राठीले पहिलो स्पेलमा तीन ओभरमा १० रन खर्चेर एक विकेट लिए । यो नै खेलको निर्णायक स्पेल थियो । एक ओभरको दोस्रो स्पेलमा भने उनलाई ११ रन प्रहार गरियो । राठी प्लेयर अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ८ विकेटको क्षतिमा २०३ रन बनायो । लखनउका मिचेल मार्सले उत्कृष्ट पारी खेल्दै ३१ बलमा ६० रन जोडे । उनले आइडन म्याक्रमसँग पहिलो विकेटका लागि ७ ओभरमा ७६ रनको साझेदारी गरे ।

विगनेस पुथुरले ४ ओभर बलिङ गरेर ३१ रन खर्चे । म्याक्रमले ३८ बलमा ५३ रन जोडे । डेभिड मिलरले १४ बलमा २७ रन जोडे । मुम्बईलाई खेलमा फर्काउने क्रममा कप्तान पाण्डेले चार ओभरमा ३६ रन खर्चेर पाँच विकेट लिए । लखनउका ऋषभ पन्त दुई रनमा आउट भए । तालिकामा लखनउ चार अंकसहित छैटौँ तथा मुम्बई २ अङ्कसहित सातौँ स्थानमा छन् ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  ७ : ५४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले