३ पुस २०८२, बिहिबार | December 18, 2025

जनयात्रामा शान्तिपूर्ण रुपमा सहभागी हुन रास्वपाको अपिल



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि दुईमहिने जनयात्रा कार्यक्रम शुभारम्भ गर्दैछ । चितवनको भरतपुर गेष्टहाउस चौरमा आज दिउँसो पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले यात्राको शुभारम्भ गर्ने जनाइएको छ ।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतमले कार्यक्रमलाई मर्यादित बनाउन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । कार्यक्रममा सहभागी हुँदा कुनै उशृङ्खल गतिविधि नगर्न निर्देशन दिइएको उनले बताए । उनले भने, “कार्यक्रम पूर्ण रुपमा शान्तिपूर्ण होस् भन्ने चाहन्छौँ, सोहीअनुसार निर्देशन भएको छ ।”

सबैका कुरा सबैले सुन्ने बानीको विकास गर्नसकेमा मात्रै समाजको विकास हुने उनको भनाइ छ । विचारमा विमति भए पनि देशको विकासका लागि सबै एकठाउँ हुन जरुरी रहेको भन्दै उनले अन्य दलहरु पनि राजनीतिक संस्कारमा रहने विश्वास व्यक्त गरे । चितवनबाट दिएको सन्देश देशभर छिटो प्रवाह हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ चैत्र २०८१, शनिबार  २ : १९ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३