४ श्रावण २०८३, सोमबार | July 20, 2026

पूर्व उपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित



काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष बनेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई एउटै निर्णयबाट केन्द्रीय सदस्य र स्थायी समिति सदस्य सहित उपाध्यक्षको जिम्मेवारी दिएको माओवादी स्रोतले जनाएको छ ।

उपराष्ट्रपतिको कार्यकाल समिए लगत्तै पासाङले राजनीतिमा आउन चाहेका थिए । यसअघि गत माघमै पासाङले पार्टी कार्यक्रममा सहभागी भएर राजनीतिमा औपचारिक रूपमा फर्किएको सन्देश दिएका थिए ।

पासाङले पार्टी राजनीतिमा फर्किने चाहना राखे लगत्तै प्रचण्डले उनलाई उपाध्यक्ष बनाउन खोजेपनि पार्टी भित्र र बाहिरबाट सर्वत्र आलोचना भएपछि प्रचण्ड पछि हटेका थिए । उपराष्ट्रपतिबाट बिदा भएपछि कात्तिक २६ गते प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पहिलोपटक सहभागी भएका उनी त्यसयता माओवादीको केन्द्रीय तहका हरेक बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी हुँदै आएका थिए ।

गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा सहभागी भएका पासाङका बिषयमा बैठकमा पार्टीमा जिम्मेवारी दिनेबारे धेरैजसो केन्द्रीय सदस्यहरूले असहमति जाहेर गरेका थिए ।

२०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि माओवादीबाट अलग भएका उनी २०७९ को निर्वाचनपछि भने उपराष्ट्रपति पदबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८१, आइतबार  ९ : ३७ बजे

कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

बुनिया । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा

‘लेबल’ नभएका र न्यून गुणस्तरका खाद्यवस्तु बिक्री नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबल नभएका,

बुधबारदेखि वर्षा कम हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश

पुँजी बजार छलफलकै दिन नेप्सेमा उत्साह, परिसूचक ४१.७० अंकले बढ्यो

काठमाडौं । साताको कारोबारमा नेपाली शेयर बजारले उल्लेखनीय सुधार देखाएको

पुँजी बजार सुधारका एजेन्डासहित प्रधानमन्त्रीसँग सरोकारवालाको छलफल, लगानीमैत्री नीति ल्याउने प्रतिबद्धता

काठमाडौं । पुँजी बजार, धितोपत्र तथा बिमा क्षेत्रका प्रतिनिधिहरूले प्रधानमन्त्री