५ श्रावण २०८३, मंगलबार | July 21, 2026

जनमत-उन्मुक्ति बिच बैशाख १५ मा एकीकरण, पार्टीको नाम जनमत, चुनाव चिन्ह ढकिया



बर्दिया । अन्ततः जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण हुने पक्का भएको छ । सिके राउत नेतृत्वको जनमत र रेशम चौधरी नेतृत्वको उन्मुक्ति बिचमा एकीकरण हुने पक्का भएको हो ।

बैशाख १५ गते एक बिशेष समारोहका बिचमा एकीकरणको औपचारिक घोषणा गरिने जनमतका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए ।

उनका अनुसार एकीकरण पछी पार्टीको नाम नागरिक जनमत र चुनाव चिह्न ढकिया राख्ने पनि सहमति भएको छ । आइतबार अबेरसम्म बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।

खानका अनुसार पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहनेछन भने उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने पनि सहमति भएको छ ।

निर्वाचन क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ भने चितवनदेखि पश्चिमसम्म चौधरीलाई जिम्मेवारी दिइने भएको छ ।

पार्टी एकीकरणका लागि वैशाख ५ र ६ मा टीकापुरमा नाउपाको बैठक बस्ने तथा सो एक साता भित्रमा जनमतको केन्द्रिय कार्यकारिणी समितिको बैठक बस्ने गरी एकीकरणको तयारी तिब्र पारिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १० : ०७ बजे

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

गण्डकी । गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण

क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म नयाँ कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न

कक्रोच पार्टीको संसद मार्चमा मिडियाविरुद्ध आक्रोश, संचारकर्मीबीच चर्कियो बहस

कुनै पनि ठूलो विरोध प्रदर्शनमा सञ्चारमाध्यम वा पत्रकारहरू आन्दोलनकारीको निशानामा

विश्वविजेता स्पेनको स्वदेशमा भव्य स्वागत, २० लाख समर्थक सडकमा उत्रिए

काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि जितेर स्वदेश फर्किएको

बौद्धमा एक युवतीद्वारा आत्मदाह प्रयास

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले पेट्रोल