काठमाडौं। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच आज पार्टी एकता हुनलागेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ः०० बजे घोषणा सभा हुने जनाइएको छ ।
दुईपार्टीबीच पार्टीको नाम र नेतृत्वमा सहमति जुटेपछि एकता घोषणा हुन लागेको हो । दुवै पार्टीको केन्द्रीय समितिले पार्टी एकतालाई अनुमोदन गरिसकेको छ ।
एकीकृत पार्टीको नाम नागरिक जनमत पार्टी ‘नाजपा’ रहनेछ । पार्टीको संरक्षकमा रेशम चौधरी रहने छन् भने सीके राउत अध्यक्ष बन्नेछन् । रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहनेछिन् । नयाँ पार्टीको चुनावचिन्ह ढकिया रहनेछ । यो नागरिक उन्मुक्तिको चुनाव चिन्ह रहेको छ । एकतासँगै यो पार्टी तराई- मधेस केन्द्रित दलको सबैभन्दा ठुलो पार्टी हुनेछ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।
जसअनुसार दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सीटसहित छैटौँ ठुलो दल बन्नेछ ।
प्रतिक्रिया