५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना लिए, मालपोतमा जाँदा जग्गा नभेटिएपछि पक्राउ



काठमाडौं । हुँदै नभएको जग्गा देखाएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको हो।

चौलागाईंले हुँदै नभएको जग्गा आफ्नो भनी एक व्यक्तिबाट बैनाबापत पैसा लिएको प्रहरीको आरोप छ ।सोमबार बिहान पक्राउ परेका चौलागाईंले साढे ४५ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सस्तो मूल्यमा घडेरी रहेको र घर बनाउन पनि मिल्ने भन्दै उनले बैना कागज गराएर पैसा बुझेका थिए । तर, मालपोतको अभिलेखमा हेर्दा जग्गा दर्ता नदेखिएपछि उनीविरूद्ध बैना दिने ब्यक्ति उजुरी दिन पुगेका थिए।

उनलाई दक्षिणढोकाबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक अंगुर जिसीले बताए। जिल्ला अदालत काठमाडौंले उनीविरूद्ध चैत २१ गते पक्राउ पुर्जी जारी गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

चौलागाईंविरूद्ध जिल्ला प्रहरी परिसर तथा मातहतका विभिन्न प्रहरी कार्यालयमा आठ वटा ठगी तथा बैंकिङ कसुर सम्बन्धी मुद्दा परेका छन्। जसमा १ करोड ७४ लाख ८५ हजार रुपैयाँ बिगो रहेको छ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  ६ : ४४ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको