१३ भदौ २०८३, शनिबार | August 29, 2026

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान



बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा प्रकाशन र नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित भएपछि स्थानीय सरकारले चिन्ता व्यक्त गर्न थालेका छन् । विद्यालयहरूको नतिजा प्रकाशन र नयाँ शैक्षिक वर्ष २०८२ को भर्ना अभियान लगायतका गतिविधिहरू प्रभावित भएपछि बुटवल उपमहानगरपालिकाले चिन्ता व्यक्त गरेको हो ।

चैत्र २० गतेदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा सुरु भएको आन्दोलनले देशभरका विद्यालय शिक्षालाई असहज बन्दै गएपछि बुटवल उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै शिक्षकहरूको जायज माग सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

उपमहानगरका प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाल शिक्षक महासंघसँग भएका सम्झौताहरू कार्यान्वयन नहुनु, स्थायित्व, सेवा सुविधा र सरुवा–बढुवा जस्ता विषयमा सहमति बारम्बार उल्लंघन हुनुले अहिलेको आन्दोलन जन्मिएको उल्लेख गरिएको छ । बुटवल उपमहानगरले समस्याको दीर्घकालीन समाधानका लागि ऐनमा शिक्षकका सरोकारका विषय समावेश गरी ऐन जारी गर्न र उपयुक्त नीति निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

शिक्षकको स्थायित्व, सेवा सुविधा र आत्मसम्मान कायम राख्न सक्ने नीति र वातावरण आवश्यक भएको उल्लेख छ, विज्ञप्तिमा लेखिएको छ, शिक्षकका मागहरूको उचित सम्बोधनले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र विद्यार्थीको पठनपाठनमा सुधार आउने विश्वास छ । ,ू

बुटवल उपमहानगरपालिकाले सरकारसँग गम्भीर पहलको माग गर्दै शिक्षक आन्दोलनलाई चाँडै तार्किक निष्कर्षमा पुर्‍याउन आग्रह समेत गरेको छ। उपमहानगरले समस्या समाधान गरी शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाइदिन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  ८ : ०३ बजे

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४