१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

आईपीएल : मुम्बईविरुद्ध विराट र रजतको अर्धशतकमा आरसिबी १२ रनले विजयी



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । २२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९ रन जोडेको हो ।

सुरुवातदेखि नै दबाबमा रन बटुलेपछि पहिलो १० ओभरमा नै खेल गुमाइसकेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे । कप्तान पाण्डे र वर्माको ब्याटिङले मुम्बईलाई जित नजिक पुर्याएको थियो ।

अन्तिम २ ओभरमा मुम्बईलाई जितका लागि २८ रन चाहिएको अवस्थामा जोश हजेलउडले पहिलो बलमा नै पाण्डेलाई आउट गरे । छक्का प्रहार गर्ने प्रयासमा आउट भएका पाण्डेले १५ बलमा ४२ रन जोडे । २९ बलमा ५६ रन जोडेका वर्मालाई भने भुवनेश्वर कुमारले आउट गरे ।

अन्तिम ओभरमा मुम्बईलाई २० रन चाहिएको थियो । सुरुवाती दुई बलमा क्रुनान पाण्डेले माइकल सान्टनर र दीपक चाहरलाई आउट गरे । उनले अन्तिम ओभरमा तीन विकेट लिए । पाण्डेले चार ओभरमा ४५ रन खर्चेर ४ विकेट हात पारे । भुवनेश्वर कुमार र जोस हजेलउडले समान दुई विकेट लिए । सुयश शर्माले किफायती बलिङ गर्दै ४ ओभरमा ३२ रन मात्र खर्चेपछि मुम्बई खेलमा पछि परेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले ५ विकेटको क्षतिमा २२१ रन जोडेको थियो । आरसिबीका लागि विराट कोहली र रजत पाटीदारले उत्कृष्ट ब्याटिङ गरे । विराट कोहलीले ४२ बलमा ६७ रन जोड्दा कप्तान रजत पाटीदरले ३२ बलमा ६४ रन बनाए । जितेश शर्माले अविजित रहँदै १९ बलमा ४० रन जोडे । देव दत्त पाणीकलले २२ बलमा ३७ रन जोडे ।

मुम्बईका लागि हार्दिक पाण्डेले दुई विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिए । आरसिबीले बाजी मारेको खेलमा पाटीदर म्यान अफ द म्याच घोषित भए । आरसिबी ४ खेलमा तेस्रो जितसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पाँच खेलमा चौथो पराजयको सामना गरेको मुम्बई आठौँ स्थानमा छ । आईपिएलको पुछारमा सनराइजर हैदराबाद रहेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : ३५ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार