२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएल : लखनउको कोलकाताविरुद्ध रोमाञ्चक जित



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित निकालेको छ। कोलकाताको यो लगातार तेस्रो हार हो ।

यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ। समान खेल खेलेको कोलकाताको चार अंक छ । लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २३४ रनमा समेटिएको हो ।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए । वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाए । सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट भएका थिए । जितका लागि अन्तिम समयमा रिन्कु सिंहले अविजित १५ बलमा ६ चौका र दुई छक्का हिर्काउँदै ३८ रन जोडे पनि त्यो पर्याप्त भएन ।

लखनउका आकाश दीप र शार्दुल ठाकुरले समान दुईदुई विकेट लिए ।

इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन जोडेको थियो । उसका लागि निकोलस पुरणले सर्वाधिक ८७ रन बनाए । मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए भने एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहेका थिए ।

कोलकाताका हर्षित रानाले दुई विकेट हात पारे ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : १३ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा