२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईपीएलमा चेन्नई माथि पञ्जाबको सानदार जित, आर्यको विष्फोटक शतक



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा पन्जाब किङ्सले चेन्नई सुपर किंग्सलाई १८ रनले हराएको छ । पन्जाबले दिएको २२० रनको लक्ष्य पछ्याएको चेन्नई ५ विकेटको क्षतिमा २०१ रनमा समेटिएको हो ।

पन्जाबलाई जित दिलाउने क्रममा प्रियांश आर्यले ३९ बलमा ९ छक्का र ७ चौकाको मद्दतमा विष्फोटक शतक प्रहार गरेका थिए । यस भन्दा अघि आईपीएलमा उनी भन्दा कम बलमा शतक बनाउने तीन खेलाडी मात्र छन् । क्रिस गेलले ३९, युसुफ पठानले ३७ तथा डेभिड मिलरले ३८ बलमा शतक बनाएका छन् ।

यता शानदार सुरुवात गरेको चेन्नईका लागि रचिन रविन्द्रले २३ बलमा ३६ रन जोडे भने डेभिड कोन्वे ४९ बलमा ६९ रन बनाए । उनी रिटायर्ड हर्ट भएका थिए । शिवम् दुवेले २७ बलमा ३२ तथा महेन्द्र सिंह धोनीले १२ बलमा २७ रन जोडे । ४ खेलमा तीन जितसहित पन्जाब चौथो स्थानमा छ । पाँच खेलमा लगातार चौथो हार व्यहोरेको चेन्नई नवौँ स्थानमा रहेको छ । आइपिएलको पुछारमा सनराइजर हैदराबाद रहेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : ०१ बजे

शून्य सहनशीलतामार्फत जेनजी सहिदको सपना पूरा गर्न प्रतिबद्ध छौँ : कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नागरिकमैत्री शासन

कांग्रेस १५ औँ महाधिवेशनः वडा अधिवेशन असोज ३ देखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज

पुरुष क्रिकेटः नेपाल हङकङसँग पराजित

काठमाडौ । मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह

दैवी प्रकोप राहत कोषमा रकम दाखिला गर्ने दाताहरु बढ्दै

काठमाडौ । भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापना गर्न प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब

काठमाडौ । प्रधानमन्त्री राहत कोषमा करिब रु १२ अर्ब जम्मा