२२ माघ २०८२, बिहिबार | February 5, 2026

तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुललाई आईएसो ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त



बुटवल । रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर १३ मा रहेको लुम्बिनी वल्ड स्कुलले आईएसो ९००१:२०१५ गुणस्तर चिन्ह प्राप्त गरेको छ । विद्यालयले आफ्नो शैक्षिक गुणस्तरका १६ वटा सुचक पुरा गरी अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको हो ।

स्टानचुली म्यानेजेमन्ट एण्ड सर्भिसेज, युके बोर्डबाट अन्तराष्ट्रिय गुणस्तर प्रमणीत चिन्ह प्राप्त गरेको हो । स्टानचुल म्यानेजमेन्ट एण्ड सर्भिसेज युके संसारभरको सर्टिफेकशन संयन्त्रको साझा संस्था ईन्टरनेशनल एक्रेडिसन फोरमको संस्था समेत रहेको बताइएको छ ।

विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सिद्धार्थ सोलुसन प्रालिका सन्तोष गिरीले विद्यालयका अध्यक्ष योगेश घिमिरे, विद्यालय सल्लाहकार महेन्द्र नारायण श्रेष्ठसहितका सञ्चालक र प्रीन्सपल विष्णु प्रसाद ढकालको उपस्थितिमा उक्त चिन्ह प्राप्त गरेको सर्टिफेकेट प्रदान गरेका हुन ।

विद्यालयका अध्यक्ष योगेश घिमिरेले ३ वर्षको लागि पहिलो पटक विद्यालयले अन्तराष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको जानकारी दिदै आगामी दिनमा पनि यसलाई निरन्तता दिनको लागि मापदण्डको पूरा पालना गर्ने समेत प्रतिवद्धता जनाएका थिए ।

टिचिङ्ग एण्ड लर्निङ्ग प्रोग्राम, स्क्ट्राकुलर एक्टीभिटीज, कन्डक्ट सर्पोट एण्ड काउन्सीलिङ्ग, एजुकेशन सर्भिस, इ-लर्निङ्ग, एसीस्मेन्ट एण्ड एक्सामिनेसन, टे«निङ्ग, सेमिनार, वर्कसप, एकेडेमिक डेभलमेन्ट एण्ड प्रमोटिङ्ग सोसल एण्ड कल्चर अर्वानेस लगायतका विषयमा अन्तराष्ट्रिय गुणस्तर चिन्ह आईएसको ९००१:२०१५ प्राप्त गरेको हो ।

विद्यालयका अध्यक्ष योगेश घिमिरेले यो वर्ष पहिलो पटक विद्यार्थी एसईई परिक्षामा सहभागी भएको जानकारी दिदै प्ले ग्रप देखि कक्षा १० सम्म विद्यालयमा अध्यापन हुँदै आएको बताउँदै आगामी शैक्षिक सत्र बाट कक्षा ११ र १२ मा समेत अध्यापन गराउने योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ७ : ५६ बजे

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै

नेपालमा जलपक्षीको सङ्ख्या घट्दो

काठमाडौं । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी