९ बैशाख २०८३, बुधबार | April 22, 2026

तीनकुनेमा भएको प्रदर्शनका १२५ जना घाइते उपचारपछि घर फर्के



काठमाडौँ । यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका लागि अस्पताल पुगेका १२९ जनामध्ये पाँच जनाबाहेक सबै उपचारपछि घर फिर्ता भएका छन् ।

प्रदर्शनका घाइतेमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आकस्मिक शल्यक्रिया भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा दुई जना, निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा एक÷एक जना गरी पाँच जना हाल उपचाररत छन् । बाँकी सबै उपचारपश्चात घर फिर्ताभएका मन्त्रालयले आज विज्ञप्तिमार्फत जनाएको छ ।

आजै गृहमन्त्री रमेश लेखक, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलगायतको टोलीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । स्वास्थ्य मन्त्रालयले सबै अस्पतालहरूले निःशुल्क उपचार व्यवस्थापन गरिरहेको उल्लेख गर्दै घाइतेहरूको उपचार व्यवस्थापनमा लागेको सम्पूर्ण खर्च विवरण संलग्न राखी कागजातसहित मन्त्रालयमा सोधभर्नाका लागि पठाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : १३ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन