९ बैशाख २०८३, बुधबार | April 22, 2026

निर्मल निवासमा बस्दा त यस्तो उत्पात मच्चाउनेले नारायणहिटीमा नै भए के सम्म गर्थे होलान ? : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजा बिरेन्द्रको पारिवारिक बंशनाश हुदाँ १३ दिन कपाल खोरिएर शोक मनाएको जनाएका छन् । माता पीता जिउँदै रहदाँ पनि कहिल्यै कपाल नखौरेको बेला आफुले कपाल खौरेर बिरेन्द्रको बंशनाशमा शोक मनाएको जनाउँदै थापाले शितल निवासमा बसेर उत्पात मच्चाउने काम भएको जनाएका हुन् ।

‘राजा बिरेन्द्रको बंशनाश हुदाँ १३ दिन कपाल खौरिने मै हुँ, जुन बेला गिरिजाबाबुले ढुंगामुढा खाइरहनु भएको थियो, राजसंस्था प्रति त्यस्तो सम्मान थियो’ थापाले भने, ‘तर, अहिले शितल निवासमा हुदाँ त काठमाडौंमा यत्रो उत्पात मच्चाउने काम भएको छ, नारायणहिटीमा नै भएको भए त के हुन्थ्यो, कल्पना गर्नु त ।’

नेपाली कांग्रेसले संबैधानिक राजसंस्था प्रति सदैव सम्मान गरेको तर राजाहरूलाइ नपचेको उनले जनाएका छन । ‘बिपी कोइराला माथी राजद्रोहसहित ७-७ मुद्दा लाग्दा पनि बोकेर हिडनु भयो, गिरिजाबाबुले ढुंगामुढा खाँदा पनि संबैधानिक राजसंस्था भन्नु भयो तर राजाले के गरे त भने उल्टै कांग्रेसलाइ नै दुःख दिने काम गरयो ।’

उनले राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको भन्दै नेता मन नपरे परिवर्तन गर्न सकिने ५ बर्षे ब्यवस्था छ, सोही ब्यवस्थामा टेकेर असल नेताहरू छान्ने कामतर्फ लाग्यौं । ‘कतिसम्म राजाको विरुद्ध किताव लेख्ने मेरै क्षेत्रका नवराज सुबेदीलाई उचालेर राजाले उपद्रो मच्चाउन लगाए, योवाटै बुझिन्छ कि राजतन्त्र फर्कियो भने के हुन्छ ?’ उनको प्रश्न थियो ।

गणतन्त्रको विकल्प नभएको भन्दै सबैलाई सामाजिक सञ्जालवाट भए पनि जनचेतना जगाउन उनले आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  १ : ११ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन