१५ पुस २०८२, मंगलबार | December 30, 2025

शिक्षक महासंघ र सरकारबीच ५ बजे वार्ता हुने



काठमाडौं । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको हो ।

‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ । शिक्षकहरू आउनु भएन वा केही कारणले सर्‍यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने । यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।

‘मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् । वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले २० चैतदेखि सुरु भएको आन्दोलनलाई आज पनि जारी राखेका छन् । आज तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ३ : ०३ बजे

कांग्रेसले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची मंगलबारबिहान मात्र निर्वाचन

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

राजविराज । शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि सप्तरीका राजविराजसहित तीन

मेची भन्सार : पाँच महिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

शीतलहरका कारण सडक चिप्लो भएपछि दाउन्नेमा सवारी ठप्प, पूर्व-पश्चिम राजमार्गमा लामो जाम

बुटवल । शीतलहरका कारण सडक चिप्लो बनेपछि पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र